२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री जमरकट्टेलले आज शपथ लिने

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री जमरकट्टेलले आज शपथ लिने

 

हेटौंडा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

उनलाई आज बिहान साढे ९ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री जमरकट्टेलले पहिलो चरणमा ३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । उनले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक/एक जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई नियुक्त गर्ने तयारी गरेका हुन् । एमाले नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्व गर्दै सरकारमा सहभागि हुने तयारी रहेको छ भने राप्रपाका थापाको मन्त्रालय हालसम्म टुंगो लागेको छैन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री जमरकट्टेललाई नेकपा एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीका २ जना गरि ७० जना सांसदहरुको समर्थन रहेको छ ।

१ सय १० प्रदेश सदस्सीय रहेको बागमतीमा ४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा नेपाली कांग्रेसका ३७ जना, एमालेका २७ जना, माओवादीका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना, हाम्रो नेपाली पार्टीका २ जना निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij