२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सूर्यज्योति लाइफलाई कारवाही गर्न बीमा प्राधिकरणलाई अख्तियारको पत्र

सूर्यज्योति लाइफलाई कारवाही गर्न बीमा प्राधिकरणलाई अख्तियारको पत्र

काठमाण्डौ । हालै मर्जर भएको सूर्य लाइफ र ज्योति लाइफ मार्फत बनेको सूर्यज्योति लाइफ बीमा कम्पनिलाई कारवाहि गर्ने भन्दै बीमा प्राधिकरणलाई भ्रष्टाचार सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिखित पत्र पठाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार बीमा प्राधिकरणलाई लिखित निर्देशन दिँदै सूर्यज्योति लाइफले एक आर्थिक वर्षको वित्तीय विवरण तयार नपारी, लेखा परिक्षण नगरी यही पुस ७ गतेदेखि एकीकृत कारोबार गरेको सम्बन्धमा उक्त कम्पनीलाई कारवाही गरी जानकारी गराउन आयोगले प्राधिकरणलाई लिखित निर्देशन दिएको प्राधिकरण श्रोतले पुष्टी गरेको छ ।

उता प्राधिकरणले भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकायको निर्देशन समेत कार्यान्वयन गर्न आनाकानी गरेको छ । आयोगमा परेको सि–०२९७२७ नम्वरको उजुरीमाथि आयोगले छानविन अघि बढाउँदा दुई कम्पनीको मर्जर त्रुटीपूर्ण रहेको भन्दै कारवाही गर्न बीमा प्राधिकरणलाई कारवाही गर्न लिखित निर्देशन दिने निर्णय गरेको थियो । आयोगको निर्णय अनुसार जारी गरिएको निर्देशन समेत बीमा प्राधिकरणले हालसम्म कुनै कारबाही गरेको छैन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij