२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

यूनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

यूनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


यूनियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश धोषणा गरेको छ ।

कम्पनीको पुस १२ गते मंगलबार बसेको ८४ औं बैठकले आ.व. २०७७/७८ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस सेयर र चुक्ता पुँजीको ०.४५५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत भए पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

सञ्चालनमा आएको पाँच वर्षपछि कम्पनीले सेयरधनीलाई पहिलो पटक लाभांश वितरण गरेको हो । यसअघि कम्पनीले कुनैपनि लाभांश वितरण गरेको थिएन ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij