
काठमाडाैँ – नेपाल तेक्वान्दो सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता खारेजीविरुद्ध दिएको रिट निवेदनमा उच्च अदालत पाटनले कारणसहित लिखित जवाफ माग गरेको छ।
न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको इजलासले आज कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको हो ।
तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्सहित पाँच संस्थालाई विपक्षी बनाएर शुक्रबार रिट निवेदन दायर गरेका थिए। अदालतले लिखित जवाफका साथै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
राखेपले विवादित भनिएका नेपाल तेक्वान्दो सङ्घ र राष्ट्रिय तेक्वान्दो सङ्घको दर्ता खारेज गरी नेपाल तेक्वान्दो महासङ्घ गठन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध अदालतमा रिट निवेदन दायर भएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij