
मनकामना केबलकारको प्यानलमा क्षति पुग्दा अनिश्चित कालका लागि सेवा स्थगन भएको छ ।
कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो ।
मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ ।
अर्को सूचान जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij