२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

डिजिटल बन्यो मनकामना बजार, सबै पसलमा क्युआर भुक्तानी सुविधा

डिजिटल बन्यो मनकामना बजार, सबै पसलमा क्युआर भुक्तानी सुविधा

गोरखा । धार्मिक एवं पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रुपमा स्थापित भएको छ । योसँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनै पनि पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ ।

शुक्रबार एक कार्यक्रका बीच मनकामना बजारलाई डिजिटल बजारका रुपमा घोषणा गरिएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली विभाग प्रमुख गुरु प्रसाद पौडेलले मनकामना बजारलाई डिजिटल बजारका रुपमा उद्घाटन गर्नुभयो ।

एनएमबी बैंक र फानपेको सक्रियतामा डिजिटल बजारका रुपमा घोषणा गरिएको हो ।

डिजिटल बजार घोषणा कार्यक्रममा एनएमबी बैंकका प्रमुखकार्यकारी अधिकृत शुनिल केसी, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, शहिद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति, मनकामना जिर्णद्वार समिति, मनकामना मन्दिरका मुल पुजारी, उद्योग वाणिज्य संघ इकाइ समिति, खानेपानी तथा सरसफाइ समिति, माई मनकामना बचत तथा ऋण सहकारी संस्था, साना किसान बचत तथा ऋण सहकारी संस्था लगायतका विभिन्न स्थानीय व्यवसायी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij