
काठमाडाैं । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.को प्रमुख कार्यकारी अधिकृतमा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त हुनुभएको छ । २९ वर्षिय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ । बिजनेस, रणनीति र योजना तथा मार्केटिङ्ग र व्यवस्थापनमा राम्रो अनुभव भएका खनालको नाम रेमिट्यान्स क्षेत्रमा स्थापित नाम हो ।
खनाललाई एक समारोहका बिच नेपाल रेमिट इन्टरनेशनल प्रा. लि.का अध्यक्ष रितश मित्तलले स्वागत गर्नुभयो । खनालले आफ्नो पदभार समेत ग्रहण गरिसक्नुभएको छ । विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.ले डिजिटल रेमिट्यान्स्मा अभैm जोड दिँदै विश्वका विभिन्न कुनाबाट रेमिट्यान्स भित्राउँदै आएको छ ।
आफ्नो पदभार ग्रहण गर्दै खनालले अहिले धेरै कुरा डिजिटल रुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि आफूहरुले डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिई आम नेपालीलाई सेवा प्रदान गर्ने बताउनुभयो ।
कम्पनिमा अनुभबी कार्यकारी अधिकृत सिए सागर खनालको आगमन पछी कम्पनिका सेवा सुबिधाका साथै यस कम्पनीको लोकप्रियतालाई आमउपभोक्ता सम्म पुर्याइ आगामी दिनमा अझै उचाइमा पुग्नको लागि ठूलो सहयोग पुग्नेमा नेपाल रेमिट परिवार विश्वस्त छ ।
नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.ले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ ।
विभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ । यस रेमिटले हाल देश भर रहेका १०,००० भन्दा बढि एजेन्ट नेटवर्कबाट सेवा प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij