गुल्मी – गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गाेकर्ण विष्टकाे सानदार जित भएकाे छ ।
विष्ट २८ हजार ४ सय ८५ मत ल्याएर विजयी हुनुभयाे ।
उहाँले निकटस्थ प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पछि पार्दै आफ्नाे जित सुनिश्चित गर्नुभएकाे हाे ।
नेकपा एसकी झाँक्रीले २६ हजार ४ सय ४१ मत प्राप्त गरेकी छिन् ।
विकासवादी नेताका रुपमा चर्चित गाेकर्ण विष्टले २०५६, २०७० र २०७४ सालमा निर्वाचित भइ गुल्मीकाे विकासमा महत्वपूर्ण याेगदान दिँदै आउनुभएकाे छ ।
यसपटककाे निर्वाचनमा गाेकर्ण बिष्ट र पूर्व सहकर्मी राम कुमारी झाँक्री बीचकाे प्रतिष्पर्धालाइ विशेष चासाे सहित हेरिएकाे थियाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij