
काठमाडौँ, ७ मंसिर । काठमाडौँ क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् ।
पराजुलीले सत्ता गठबन्धनबाट अस्मिता सिंह (मानुषी) यमी भट्टराई, नेकपा (एमाले) का श्यामकुमार घिमिरे तथा स्वतन्त्र उमेदवार रामविर मानन्धरलाई पराजित गरेका हुन् ।
सकारात्मक साेचका पराजुलीले आफ्नाे विजय पश्चात् प्रतिक्रिया दिँदै आफू भ्रष्टाचारलाइ अन्त्य गरी सुशासन स्थापनाकाे याेजनामा दृढ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले परिवर्तनकारी शुभचिन्तकहरुमा हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् ।
खाेटाङमा जन्मिएका पराजुली एक सफल उद्यमी समेत हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij