भैरहवा, ३ मंसिर ।।गृहमन्त्री बालकृष्ण खाणले स्थिर समयमा मतदाताकाे माेबाईलमा सन्देश पठाएका छन ।
निर्वाचन आयाेगले आगामी प्रतिनिधि तथा प्रदेश सभा सदस्यकाे निर्वाचनका लागि बिहीबार मध्यरात देखि प्रचार प्रसार गर्न नपाईने भनी स्थिर समय ताेक्दा समेत साे नियमलाई उल्लघन गर्दै समुहिक सन्देश मतदातालाई पठाईकाे हाे ।
बहालवाला गृहमन्त्री रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य पदकाे लागि गठबन्धनकाे उम्मदेवार हुन । सत्ता र शक्तिकाे प्रयाेग गर्दै निर्वाचनमा हाेमिएका खाणले थुप्रै आचारसंहिता विपरितका गतिविधि गरेपनि प्रशासनले संरक्षण गर्दै आएपछि मतदाता रुष्ट बनेका छन ।
गृहमन्त्रालय नै आफु मातहत भएपछि उनले पदकाे दुरुपयाेग गरे एटी एलर्ट मार्फत क्षेत्र नम्बर ३ का मतदाताहरुलाई सामुहिक सन्देश (ग्रुप मयासेज) राती १२ बजे पछि पठाएका हुन् । मतदाता निदाएकाे बेला ध्यान केन्द्रीत हाेस भन्ने उद्देश्यले रातीमै पटक पटक मयासेज पठाईएकाे छ । म्यासेजमा भनिएकाे छ `यहि ४ गते हुने निर्वाचनमा यहाहरूको एक मतले समुन्नत नेपाल, सम्पन्न नेपाली अभियान सफल पार्न सहयोग पुरायोस । बालकृष्ण खाण´
दिउंसाेमा गरेपनि हुन्थ्यो राती राती म्यासेज पठाएर निद्रा नि खराब गरे, ईमरजेन्सी म्यासेज हाेला भनेर माेबाईल हेरेकाे मत माग्नलाई आएकाे रहेछ, स्थानीय श्याम पाण्डेले भने ।
एक पटक हाेईन ३ पटक सम्म म्यासेज आएकाे छ । उनले भने आयाेगले मंसिर २ गते देखि मंसिर ४ गते हुने निर्वाचनका लागि स्थिर समय ताेकेकाे छ भएको छ। साे अवधिमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि काम गर्न पाइदैन ।