२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपाल बैंक ८६औं वर्षमा प्रवेश, चुक्ता पूँजी १४ अर्ब ४० करोड पुग्यो

नेपाल बैंक ८६औं वर्षमा प्रवेश, चुक्ता पूँजी १४ अर्ब ४० करोड पुग्यो

काठमाण्डौ । नेपाल बैंक लिमिटेड ८६औं वर्षमा प्रवेश गरेको छ । ३० कात्तिक १९९४ मा स्थापना भएको बैंकको हाल २२६ शाखामार्फत १९९ वटा एटीएम एवं ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा १० जना लगानीकर्ताले ८ लाख ४२ हजार चुक्ता पूँजीबाट सुरु भएको बैंकको निक्षेप १७ लाख र लगानी १९ लाख रुपैयाँ थियो । बैंकले पछिल्लो केही वर्ष यता लगानीकर्तालाई निरन्तर आकर्षक प्रतिफल दिइरहेको छ । बैंकले २०७९ असार मसान्तसम्म १ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब कर्जा प्रदान गरेको छ । ८६ वर्षअघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पूँजी अहिले १४.४० अर्ब छ ।

बैंकको जगेडा कोषमा २१.६८ अर्ब रुपैयाँ रहेको छ भने ३५ अर्ब बढी नेटवर्थ रहेको छ । कासा निक्षेप, तथा न्यून कोषको लागतले बैंकको आधार दरको न्यून रहेको छ । तुलनात्मक रुपमा कम ब्याजदरमा कर्जा पाइने हुँदा सर्वसाधारणको रोजाइमा बैंक पर्ने गरेको छ । पुराना कर्मचारीले आवकाश पाउँदै जाँदा आधुनिक प्रविधिसँगै साक्षात्कार गर्ने युवा पुस्ताको प्रवेशले बैंकले उक्त सफलता हासिल गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल बैंकमा कुल ३ हजार ४०० कर्मचारी कार्यरत रहेकोमा उनीहरुको औसत उमेर ३५ वर्ष रहेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij