२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नर्थ काठमाडौं विकास अभियानले सम्पन्न ग¥यो प्रदेशसभा उम्मेदवारसँग स्थानीय विकास सम्बन्धी अन्तरक्रिया

नर्थ काठमाडौं विकास अभियानले सम्पन्न ग¥यो प्रदेशसभा उम्मेदवारसँग स्थानीय विकास सम्बन्धी अन्तरक्रिया

काठमाडौं । नर्थ काठमाडौं विकास अभियानले क्षेत्र नम्बर ६ प्रदेशसभा ख का उम्मेदवारहरुलाई अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु एवं स्थानीय सरोकारवाला व्यक्तिहरुको व्यापक सहभागिता रहेको थियो ।

उक्त अन्तरक्रिया दियालो फुडल्याण्ड, शेषमतीपुल तारकेश्वरमा आयोजना गरिएको हो । उक्त कार्यक्रममा क्षेत्र नम्बर ६ प्रदेश ख अन्तरगतका उम्मेदवारहरु मध्ये कृष्ण बहादुर खड्का, चिरागमान सिंह कुँवर, स्वतन्त्र उम्मेदवार बबिन्द्र कुमार कार्की लगायतका उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नर्थ काठमाडौं विकास अभियानका संस्थापक अध्यक्ष मनोज खड्काले संस्था स्थापनाको उद्धेश्य बारे प्रष्ट पार्दै उत्तरी भेगलाई स्वावलम्बी र समावेशी समाज निर्माणको उद्धेश्य राखेको प्रष्ट पारे ।
आफूसँग भएका सीप र साधनबाट नै उत्तरी क्षेत्रलाई स्वाबलम्बी बनाउन सकिने सोचेर आफूहरुले उक्त अभियानको शुरुवाती गरेको खड्काले बताए । साथै आफूहरु विभिन्न राजनीतिक दल एवं अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि थप सहकार्य सहित अघी बढ्ने उनले बताए ।

कार्यक्रमका चुनावमा होमिएका उम्मेदवारहरुले स्थानीय विकास एवं सुसंस्कृत समाज निर्माणको लागि आ–आफ्ना एजेण्डा सहितका प्रतिबद्धता व्यक्त गर्दै उक्त कार्यक्रम आयोजना गरेर आफूहरुलाई सामुहिक प्लेटफर्म तयार पारिदिएकोमा आयोजक संस्था प्रति धन्यवाद व्यक्त गरेका छन् ।

उम्मेदवारहरुले स्थानीयहरुको अवस्थालाई माथि उठाउन निर्वाचित प्रतिनिधिहरुले खेल्ने भूमिका, योजनामा दिगोपना, अधिकारको प्रत्याभुति, सुशासन सहितको गुणस्तरीय विकास लगायत सम्बन्धमा आफ्नो धारणा राखेका छन् ।

कार्यक्रममा बोल्दै राप्रपाका उम्मेदवार चिरागमानसिंह कुवँरले काठमाडौं क्षेत्र नम्बर ६ मा अझै पनि गुणस्तरीय शिक्षालय, राम्रो अस्पताल, स्तरीय खेलमैदान लगायतको विकास हुन नसकेको र जनताका समस्याहरु समाधान हुन नसकेको प्रति लक्षित गर्दै आफ्नो धारणा राखे । कुवँरले सबैलाई साथमा लिएर स्थानीय विकासमा आफू केन्द्रित हुने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै स्वतन्त्र उम्मेदवार बबिन्द्र कुमार कार्कीले संस्कृति संरक्षण गर्ने र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने लगायतका एजेण्डा प्रस्तुत गरेका छन् । अर्का उम्मेदवार कृष्ण बहादुर खड्काले कार्यक्रममा बोल्दै आफूले स्थानीय विकासलाई नै लक्षित गरेर आफ्ना कार्यक्रमहरु अघी बढाउने बताए । उनले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र युवाहरुलाई राम्रा अवसर सृजना गर्ने प्रतिबद्धता जनाए ।नर्थ काठमाडौं विकास अभियानको स्थापना मूलतः तारकेश्वर क्षेत्रको विकासको लागि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij