२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

उद्यमशिलता जागरण अभियानलाई थप उचाईमा पुर्याउनेछुः पाण्डे

उद्यमशिलता जागरण अभियानलाई थप उचाईमा पुर्याउनेछुः पाण्डे

फर्सुराम पाण्डे, प्रदेश सभा उम्मेदवार, नेकपा (एमाले), गुल्मी १ (ख)

विगत ३ दशक देखि उद्यमशिलता विकास एवं जागरण अभियानका साक्षी बन्दै आएका व्यक्ति हुन् फर्सुराम पाण्डे ।

टोटल मेसिनरी नामक कम्पनी सञ्चालन गरेर कृषिको व्यावसायिकरण एवं औद्योगिक विकासको लागि पाण्डेले खेलेको भूमिका सराहनीय छन् ।

उनै पाण्डे यस पटकको प्रदेश सभा निर्वाचनमा यतिबेला गुल्मीको क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा (ख)बाट चुनावी मैदानमा खटिएका छन् ।

जनताको घरदैलोमा भोट माग्नको लागि अभियान चलाइरहेका पाण्डेले गुल्मीमा उद्यमशिलता जागरणको अभियानलाई थप उचाईमा पुर्याउनको लागि आफ्नो विजय अपरिहार्य रहने तर्क समेत गर्छन् ।

फर्सुराम पाण्डे राष्ट्रिय राजनीतिमा बौद्धिक व्यक्तित्वको रुपमा परिचित प्रदीप ज्ञवालीको क्षेत्रबाट चुनावमा होमिन लागेका हुन् ।


गुल्मी जिल्ला तुलनात्मक रुपमा भौतिक एवं पूर्वाधार विकासमा अन्य जिल्लाहरु भन्दा अगाडि नै रहँदै आएको जिल्ला हो ।

पक्की सडक, पुल, खरको छाना विस्थापन, स्तरीय विद्यालय, हरेक घरमा खानेपानीको सुविधा एवं विद्युतीकरण लगायतका भौतिक विकासका कामहरुले गुल्मी जिल्लामा सार्थकता पाइरहेको अवस्थामा अब स्थानीय जनताको आर्थिक स्थिति मजबुत बन्ने गरी उद्यमशिलता जागरणमा केन्द्रित हुनुपर्ने आवश्यकता छ ।
स्थानीय जनताहरुलाई आर्थिक उपार्जनका नयाँ आयामहरु बारे सुसुचित गर्नुपर्ने, वित्तीय शिक्षाको पहुँच विस्तार एवं सचेतना जागरण लगायतका गुणात्मक विकासको लागि काम गर्नुपर्ने, नयाँ आयोजना अघि बढाउने क्रममा औचित्यता र आवश्यकतालाई विचार गरी बढी उपलब्धिमूलक बनाउने, स्थानीय स्रोतसाधनमा आधारित उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने र वेथिति एवं आर्थिक अनियमिततालाई नियन्त्रित गर्न आफ्नो पूरै ध्यान केन्द्रित हुने लगायतका योजनाहरु आफ्नो प्राथमिकतामा रहेको पाण्डेले बताए ।

गुल्मीको यसपटकको निर्वाचनमा नयाँ अनुहारको रुपमा उदाएका पाण्डे नयाँ पुस्ताका आशा लाग्दा व्यक्ति हुन् ।
समाज रुपान्तरणको लागि उद्यमशिलता जागरण महत्वपूर्ण रहने कुरालाई उनी प्रयोगात्मक रुपमा नै आत्मसात् गर्दै आएका छन् ।

आर्थिक अवसर स्थानीय स्तरमा नभएको भन्दै विदेशिने र शहर तर्फ आकर्षित हुने युवा जनशक्तिलाई गाउँमै कृषिको उत्पादकत्व वृद्धि, कृषिमा आधुनिकीकरण एवं यान्त्रिकीकरण, उत्पादित वस्तुको उचित बजारीकरण लगायतका कार्यक्रम सञ्चालन गरेर गाउँमै अवसर खोज्ने साथै पढेलेखेका युवाहरुलाई समेत कृषिमा संलग्न हुन आकर्षित गर्ने कार्यक्रम आफूले सार्वजनिक गर्ने प्रतिबद्धता पाण्डेले व्यक्त गरेका छन् ।

माओवादीले मुलुकको परिवर्तन सशस्त्र युद्धबाट गर्न सकिन्छ भनेर युवाहरुलाई बन्दुक बोक्न सिकाएको, काङ्ग्रेसले युवा शक्ति व्यवस्थापनको लागि श्रम गर्न विदेश जान प्रेरित गरेको तर एमालेले भने युवा शक्तिलाई उत्पादनमुखी बनाउनुपर्ने योजना अघी सारेर स्वदेशमै अवसर खोज्न प्रेरित गरेको तर्क अघी सार्दै पाण्डे आफू पनि एमालेका उद्यमशिलता विकास सम्बन्धी आकर्षित कार्यक्रमबाटै उद्यमशिल यात्रामा अघी बढ्न प्रेरित भएको बताए ।

आफूले लामो अनुभवको क्रममा सिकेकै कुरा अब सामाजिक रुपान्तरणको लागि हस्तान्तरित गर्न लागेको बताउँदै समाजलाई सकारात्मक सन्देश दिन आफू सहितका सम्पूर्ण सूर्य ध्वजावाहक उम्मेदवारहरुलाई विजयी गराउन समेत पाण्डे मतदाता सामु आह्वान गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij