२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सेवा प्रवाहमा सहजता र जीवनशैलीमा गुणस्तरीयता सहितको समृद्धि अहिलेको आवश्यकता होः खकुरेल

सेवा प्रवाहमा सहजता र जीवनशैलीमा गुणस्तरीयता सहितको समृद्धि अहिलेको आवश्यकता होः खकुरेल

मच्छिन्द्र खकुरेल, प्रदेश सभाका स्वतन्त्र उम्मेदवार, काठमाडौं क्षेत्र नम्बर ८ (ख)

धादिङ छत्रेदउरालीका मच्छिन्द्र खकुरेल यसपटकको प्रदेश सभा निर्वाचनमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका व्यक्ति हुन् । उम्मेदवार खकुरेल आफ्नो उम्मेदवारी मुलुकको वेथिति अन्त्यको लागि भएको बताउँछन् ।

‘अधिकार सम्पन्न प्रदेश सभा, आजको आवश्यकता’ भन्ने मूल नारा सहित चुनावी मैदानमा होमिएका खकुरेल लालटिन चुनाव

चिन्ह सहित यतिबेला जनताका घरदैलोमा पुगिरहेका छन् ।
सुशासन सहितको समृद्धि, सुरक्षित बसोबास, खानेपानी एवं सहज यात्रा, सामाजिक विभेदको अन्त्य, सहज तवरले सेवाप्रवाह गर्न अनलाइनमा आधारित प्रविधिको पहुँच बिस्तार, प्राकृतिक स्रोतको उच्चतम उपयोग मार्फत आर्थिक समृद्धि, शिक्षा एवं स्वास्थ्यमा सबैको सहज पहुँच स्थापना, युवाहरुको क्षमता अभिवृद्धि एवं सचेतना जागरण, स्वदेशमै अवसर सृजना, गुणस्तरीय जीवनशैलीको प्रत्याभुति लगायतका कार्यक्रमहरु सहित आफू चुनावी मैदानमा खटिएको खकुरेलको दाबी छ ।

आफैं पनि व्यावसायिक क्षेत्रबाट माथि उठेका खकुरेल आगामी दिनमा मुलुकको मुहार फेर्नको लागि युवाहरुलाई उत्पादनमा जोड्नुपर्ने बताउँछन् । नेपालमा भएका प्राकृतिक स्रोतसाधनको सही उपयोग हुने गरी उत्पादन तथा प्रशोधन गरेर स्वदेशी एवं विदेशी बजारमा प्रवद्र्धन मार्फत राम्रो रकम आर्जन गर्न सकिने निकै महत्वपूर्ण सम्भावना क्षेत्रको आफूले पहिचान गरेको खकुरेलको दावी छ ।

अब विकासको परिभाषा बदल्नुपर्छ
सीपयुक्त शिक्षा, प्रविधिको पहुँच बिस्तार, सेवाग्राहीलाई सहजताको लागि एकद्वार प्रणाली लगायतबाट जनताको जीवनस्तर बदल्नमा ठूलो सहयोग हुने खकुरेलको धारणा छ । अहिले सम्म पूर्वाधार विकासलाई नै विकासको मुख्य आधार मानिँदै आएकोमा अब त्यस परिभाषालाई परिमार्जन गर्दै गुणस्तरीय एवं दिगो विकास अवधारणा सहितको मानव विकास र क्षमतालाई समेत विशेष सम्बोधन हुने गरी गरिने विकासले मात्र सही अर्थमा समृद्धि हासिल गर्न सकिने खकुरेलको मान्यता छ ।

खकुरेलका अनुसार नेपाली जनताले अहिले पनि जनप्रतिनिधिहरुसँग ठूला सपनाहरुको अपेक्षा गरेका छैनन् । जनताका आकाङ्क्षाहरु साधारण नै छन् । विलासिताको नभई नेपाली जनताले अनिवार्य आवश्यकता अन्तरगत गर्ने वस्तु तथा सेवाको सहज पहुँचको आशा जनप्रतिनिधिहरुसँग गरेका छन् ।

पेटभरी खाना, सुरक्षित बसोबास, सहज सडक सञ्जाल, तिर्खा लाग्दा पानी र अध्ययनको लागि स्तरीय विद्यालय लगायतका आवश्यकता राज्यका हरेक नागरिकको दायित्व भित्र पर्ने कुरा हुन् । अधिकांश नेपाली जनताहरु यिनै आवश्यकता परिपुर्तिको लागि निरन्तर सङ्घर्ष गर्नुपर्ने स्थितिले हाम्रो यथार्थमा समृद्धि परिकल्पना अझै टाढा रहेको देखाउने खकुरेलको धारणा छ ।

जनता प्रति उत्तरदायी हरेक सरकारको दायित्व आधारभूत सेवाहरु जनताको पहुँचमा सहज रुपमा पु¥याउने रहनुपर्ने भएपनि अहिले सम्म नेतृत्वमा रहने व्यक्ति इमान्दारितापूर्वक प्राथमिकता क्षेत्र निर्धारण गरेर अघी बढ्न नसक्दा बर्षेनी ठूलो रकम खर्च गरेर पनि हामीले तुलनात्मक रुपमा कम मात्र लाभ लिन सकेको खकुरेलको धारणा छ ।

साथै पछिल्लो समय प्रविधिको पँहुचले सहज रुपमा सम्पन्न हुन सक्ने काममा समेत प्रविधिको पहँच विस्तार गर्ने तर्फ ध्यान नदिइनुको पछाडि पनि राजनीतिक दलहरुको कुनै स्वार्थ जोडिएको हुन सक्ने खकुरेल आशङ्का व्यक्त गर्छन् ।

अन्त्यमा खकुरेल भन्छन्, ‘सबै नेताहरु जबसम्म इमान्दार बन्दैनन्, तब सम्म देश बन्दैन । देशलाई सही दिशामा अघी बढाउनको लागि सबै आ–आफ्नो ठाऊँमा इमान्दार त बन्नैपर्छ । यद्यपि नेपालमा अहिले यो स्थिति छैन । ठूला दलहरुबाट राज्य कोषको ठूलै दहन भएको छ । जनताको सेवा गर्नको लागि नभई आफ्ना कार्यकर्ता पाल्ने माध्यम बनाइएका छन् राज्यका निकायहरु । यस्तो अवस्थामा नेपाली जनताहरुले जनताका भावना बुझ्न सक्ने सक्षम र इमान्दार व्यक्तिहरुलाई निर्वाचन मार्फत विजयी बनाउनुपर्ने आवश्यकता अहिले निकै महत्वपूर्ण बन्न पुगेको छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij