२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

इञ्जिनियर साथी वचत तथा ऋण सहकारीको ११औं वार्षिक साधारणसभा सम्पन्न

इञ्जिनियर साथी वचत तथा ऋण सहकारीको ११औं वार्षिक साधारणसभा सम्पन्न

कठमाडौं ।. माननीय स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको प्रमुख आतिथ्यता, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोबिन्दराज पोखरेल, नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष प्रा.डा.त्रिरत्न बज्राचार्य एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हिरेन्द्रमान प्रधानको विशेष आतिथ्यतामा इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

उक्त साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथिः मा.उमेश श्रेष्ठले इन्जिनियरहरु अन्य लगानिकर्ताको परियोजना निर्माण मात्र नभई आफ्नै लगानीका परियोजना निर्माण कार्यमा पनि हुनुपर्नेमा जोड दिनुभएको छ ।

समूहमा गरिने लगानी सहकारिताको सिद्धान्त भएको बताउँदै सहकारीलाई पूंजी वृद्धि गरी थप प्रभावकारी तवरले नयाँ तवरले काम गर्न सकिने बताउँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

सभामा बोल्दै योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोबिन्दराज पोखरेलले समाजबाद प्राप्तिको प्रमुख आधार सहकारी बन्न सक्ने औंउल्याउँदै आर्थिक परिचालनमा इन्जिनियरहरुको भूमिकालाई नेतृत्व प्रदान गर्न सहकारी सफल हुनेमा विश्वास ब्यक्त गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै सहकारीका सल्लाहकार तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा.हिरेन्द्रमान प्रधानले इन्जिनियरहरु अध्ययन अध्यापनका साथै आर्थिक गतिविधिका क्षेत्रमा समेत लगानी गर्न नयाँ योजनाहरु सहित अघी बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उक्त सभालाई सम्बोधन गर्दै नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यले इन्जिनियरहरुले संचालन गरेको सहकारीले बिशेष रूपमा नयाँ इन्जिनियरहरुलाई उद्यमशिलताको लागि बिना धितो कर्जा प्रदान गरेर समग्र इन्जिनियरहरुलाई उत्पादनमूलक कार्यमा संलग्न गराउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सभामा सहकारीका सचिव ई. बिनोद प्रकाश पण्डितले प्रस्तुत गर्नु भएको संचालक समितिका प्रस्तावहरुमा व्यापक छलफल गरी विभिन्न महत्वपूर्ण निर्णयहरु पारित गरिएको छ ।

सहकारीका अध्यक्ष ई मन्दीप सुवेदीले सभा सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सभाले पारित गरेको प्रस्तावहरु अनुरूप सहकारीलाई थप पूंजी बृद्धि गर्दै दिगो रुपमा सहकारीको संचालन गर्ने बताउनुभयो ।

वार्षिक साधारण सभामा संचालक समितिको तर्फवाट प्रस्तुत आ.व २०७७÷७८ को अवस्था तथा आ.व २०७८÷७९ का लागि छलफलका प्रस्तावहरु निम्न अनुसार प्रस्ताव गरिएको छ ।

सहकारीले विश्वव्यापी कोरोना महामारीका कारण सिर्जित असहज परिस्थितिका वावजुद सहकारीको बचत रकमलाई तीन गुणा भन्दा धेरैको बृद्धि गराउन सफल भएको छ ।

सहकारी अन्तरगत सञ्चालनमा रहेका नयाँ कार्यक्रमहरु यस्ता छन्
 सहकारीको क्युआर कोड सहितको मोबाइल एप्लिकेसन संचालनमा ल्याएको छ ।
 सहकारीको आफ्नै वेवसाइट सञ्चालनमा छ । जसबाट सदस्यहरुले विभिन्न सुविधा प्राप्त गर्न सक्छन् ।

साथै संस्थाले निकट भविष्यमा विभिन्न थप सुविधाहरु समेत प्रदान गर्ने योजना बमोजिम गतिविधिहरु सञ्चालन गरिरहेको छ । जसअन्तरगत सदस्यहरुको सवारी कर भुक्तानी तथा नवीकरण सेवा, बाल बचत खातामा सहभागी सदस्यहरुका बाल बच्चाहरुलाई जन्म दिनको दिन आकर्षक उपहार प्रदान गर्ने, ईन्जिनियर आवास कार्यक्रम संचालन गर्ने लगायतका कार्यक्रमहरु समेत राखेको छ ।

प्रतिष्पर्धी बजारमा नयाँ तवरले आफ्ना गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता बमोजिम उक्त पूंजी बृद्धि गरी दिगो रुपमा नाफामूलक रुपमा संचालन गर्ने, आगामी २ बर्ष भित्र काठमाडौं उपत्यकामा सहकारीका सदस्यहरुलाई सहूलियत रुपमा जग्गा÷आवास उपलब्ध गराउने गरी लगायत समेत संस्थाका आगामी कार्यक्रम भित्र समेटिएका छन् । यसैगरी सहकारीको आगामी ६ बर्ष भित्र थप पूंजी परिचालन गरी ऊर्जा, पूर्वाधार निर्माण तथा आईटी जस्ता क्षेत्र जस्ता भावी सम्भावना रहेका ठूला परियोजनाहरुमा काम अघी बढाउने योजना समेत राखेको छ ।
संस्थाका अन्य उद्घोषणहरु यस्ता छन्ः
१. हाल कायम रहेका सदस्यहरु लाई आफ्नो सेयर पूंजी थप गर्न चहेमा निश्चित समय तोकि बडिमा १५०% सम्म आफ्नो सेयर थप गर्न अवसर प्रदान गर्ने । सूचित समय भित्र आवेदन नपरेको सेयर रकमको हकमा ईच्छुक सदस्यहरुलाई तोकिए बमोजिम सेयर बांडफाँड गरी संस्थाको चुक्ता सेयर पूंजी १५०%ले बृद्धि गर्ने ।
२. यस संस्थाका सदस्यहरु संचालक÷ प्रमुख लगानिकर्ता रहेका संस्थाहरू संग छलफल गरी अवस्यकता अनुरूपको सेवा सुविधा प्रदान गरी त्यस्ता संस्था संग बित्तीय कारोबार गर्ने ।
३. ईन्जिनियरहरु सदस्य रहने पेशागत संस्थाहरूसंग उक्त संस्थाहरूले आफ्ना सदस्यहरु संग गर्नुपर्ने आर्थिक कारोवारमा सहयोग, उक्त संस्थाका सदस्यहरुलाई सहकारीको सदस्य बनेमा बिशेष सहूलियत प्रदान गर्ने जस्ता सहमति गरी त्यस्ता संस्थाहरु संग ःयग् गरी सदस्यता बिस्तार गर्ने ।
४. ईन्जिनियरिंग कलेज तथा क्याम्पसहरुसंग ःयग् गरी त्यस्ता संस्थामा अध्ययन÷अध्यापनरत ईन्जिनियरहरु तथा अन्य कर्मचारीहरुको तलब तथा अन्य सुविधा तथा अध्ययनरत विध्यार्थीको शुल्क संकलन गर्ने गरी संस्थाको परिसरमा सहकारीको काउन्टर खोली सेवा प्रदान गर्ने, कलेज तथा क्याम्पसहरुका कर्मचारीहरु सहकारीको सदस्य बनेमा बिशेष सहूलियत प्रदान गर्ने जस्ता सहमति गरी सदस्यता बिस्तार गर्ने ।
५. धेरै भन्दा धेरै ईन्जिनियरहरु कर्मचारी रहने निजी÷सरकारी संस्थाहरूमा उक्त संस्थाका कर्मचारीहरु संग उक्त संस्थाको परिसरमा सहकारीको बिशेष काउन्टर खोल्ने, उक्त संस्थाका कर्मचारीहरु सहकारीको सदस्य बनेमा बिशेष सहूलियत प्रदान गर्ने जस्ता सहमति गरी सदस्यता बिस्तार गर्ने ।
६. काठमाडौं उपत्यका बाहिर रहेका ईन्जिनियरहरु संग छलफल गरी प्रत्येक प्रदेश सदरमुकाममा सेवा केन्द्र स्थापना गरी सदस्यता बिस्तार गर्ने । यसरी सेवा केन्द्र स्थापना गर्दा आवस्यकता अनुसार सहकारी बिभागको पूर्व स्वीकृति प्राप्त गर्ने ।
७. यस सहकारीवाट प्राप्त हुने सेवा सुविधा तथा सहकारिको सदस्य बन्दा हुने फाइदाहरु सम्बन्धी सम्पूर्ण ईन्जिनियरहरुलाई बिभिन्न संचारका माध्यमहरु प्रयोग गरी जानकारी गराउने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij