२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सेयर बजारमा सामान्य करेक्सन, ६ अंकले घट्याे बजार, कारोबार रकम ११ अर्ब प्लस

सेयर बजारमा सामान्य करेक्सन, ६ अंकले घट्याे बजार, कारोबार रकम ११ अर्ब प्लस

 

काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने करेक्शन देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ५० अंकले घटेर २ हजार ८ सय १६ दशमलव ५६ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५१ अंकले घटेर ५ सय ३ दशमलव ९९ अंकमा झरेको छ । सोमबार १३ अर्ब नाघेर इतिहास रचेको कारोबार रकम मंगलबार भने केहि कम देखियो ।

मंगलबार १ लाख १२ हजार १४८ वटा कारोबार हुँदा २१९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij