२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८७ को मृत्यु

थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८७ को मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ५४८८ जनाले कोरोना जितेका छन् ।

यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

हालसम्म संक्रमितमध्ये ४८५६ जनाको मृत्यु भएको छ भने बाँकी १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु होम आइसोलेशन र विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij