२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेकपा (एमाले)का सालिन नेता पशुपति चौलागाईंको निधन

नेकपा (एमाले)का सालिन नेता पशुपति चौलागाईंको निधन

काठमाडौं । नेकपा (एमाले)का विकासप्रेमी नेता पशुपति चौलागाईंको आज निधन भएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विगत केही दिन देखि उनी मनमोहन अस्पतालमा उपचाररत रहँदै आएका थिए ।

विद्यार्थी राजनीति हुँदै विसं २०३५ बाट सक्रिय राजनीतिमा हाेमिएका चाैलागाइ कम्युनिष्ट राजनीतिमा संलग्न रहँदै आएका निर्विवादित र सालिन पात्र समेत हुन् ।

हाल दोलखा जिल्लाको क्षेत्र नं २ बाट प्रदेशसभामा निर्वाचित भइ वहालवाला सांसदको भूमिकामा रहँदै आएका उनी पार्टी भित्रको आन्तरिक विवाद उत्कर्षमा रहँदा पनि विवादलाई व्यवस्थित गर्ने कार्यमा सक्रिय रुपमा संलग्न रहँदै आएका थिए ।

मुलुककाे विकासलाइ सही गतिमा अघी बढाउनुपर्ने सम्बन्धी थुप्रै महत्वपूर्ण याेजनाहरु उनले अघी सारेका थिए ।

दूरदर्शी चौलागाईंको अल्पायुमै भएको निधनले सम्बन्धित दल र नेपाली जनताहरुले एक आशालाग्दो राजनेता गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij