
आज देशको पहाडी भूभागका केहि स्थान तथा प्रदेश नं १ को तराई भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भुभाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको छ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली हुनसक्ने महाशाखाकाे पूर्वानुमान छ ।
साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राति देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरूका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ।
भने, देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम साथै प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij