२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

थप ७४४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु

थप ७४४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु

काठमाडाैं । सोमबार अहिलेसम्मकै धेरै ७ हजार ४४८ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

१६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २९२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा २२२, ललितपुरमा ५२२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा ४४०, रुपन्देहीमा ६१९ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप २०२१ जना निको भएका छन् । हालसम्म २८६०१५ जना निको भएका छन् । रेकर्ड संख्यामा संक्रमित फेला पर्दा नेपालको निको हुने दर ८३.३ प्रतिशतमा झरेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ३३६२ जनाले ज्यान गुमाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij