२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

रुरु जलविद्युतको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

रुरु जलविद्युतको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

रुरु जलविद्युत परियोजना लिमिटेड (RURU) को साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारणलाई वितरण गरिएको ४ लाख ७ हजार ७०६ कित्ता, ओायजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई वितरण गरिएको ४ लाख ७ हजार ७०५ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख ६१ हजार ६४४ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको छ ।

धितोपत्र सूचीकरण विनियमावली अनुसार कम्पनीको शेयर सोमबार देखि कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसा देखि ३५६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेज्न निर्धारण गरेको छ । त्यसको आधारमा कम्पनीको शेयर कारोबार खुल्नेछ । कम्पनीको शेयरलाई RURU कारोबार संकेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij