काठमाडौं । नेपालका प्रथम गभर्नर, अर्थविद् एवं सामाजिक अभियन्ता हिमालय शमशेर राणा नेपाल सम्पदा संघबाट सम्मानित हुनुभएको छ ।
९३ बर्षको आफ्नो उत्तराद्ध जीवनमा समेत निकै सक्रिय रुपमा सामाजिक विकास र आर्थिक उन्नतीको लागि विभिन्न गतिविधिहरुमा संलग्न रहँदै आउनुभएको छ । राणाको योगदानलाई जीवन्त र स्मरणयोग्य बनाइरहन र राणालाई सामाजिक अभियानमा अझ सशक्त रहन प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले उद्देश्यले शमशेरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड–२०२१ बाट सम्मान गरिएको आयोजक संस्था नेपाल सम्पदा संघकी उप–महासचिव पुनम राज्यलक्ष्मी शाक्यले सेतोघर डट कमलाई बताउनुभयो ।
राणालाई काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीबाट दोसल्ला र प्रमाणपत्र सहित ‘वल्र्ड हेरिटेज डे’को अवसर पारेर भर्चुअल रुपमा सम्मान गरिएको हो ।
स्मरण रहोस्, हिमालय शमशेर राणा देव शमशेरका नाती र लक्ष्मण शमशेरका छोरा हुनुहुन्छ ।
उहाँ सन् १९९१ मा अर्थ मन्त्रालय स्थापना हुँदा प्रथम अर्थसचिवको भूमिका निर्वाह गरी सरकारी सेवामा प्रवेश गर्नुभएको हो ।
हिमालय शमशेर राणाले नेपालमा सरकारी, निजी एवं अन्तर्राष्ट्रिय निकायहरुमा रहेर विभिन्न महत्वपूर्ण भूमिकाहरु निर्वाह गर्नुभएको छ ।
नेपाल राष्ट्र बैंकको प्रथम गभर्नरको रुपमा जिम्मेवारी ग्रहण गर्नुभएका राणाले भारतीय र नेपाली मुद्राको विनिमय अनुपात १०० बराबर १६० स्थिर रुपमा कायम गर्नुभएको थियो, जुन अहिले सम्म पनि कायम रहँदै छ ।
हिमालयन शमशेर नेपाल बैंक लिमिटेडका सञ्चालक, युनाइटेड वल्र्ड कलेजका अध्यक्ष, नेपाल सिटिजन फोरमका अध्यक्ष लगायत संयुक्त राष्ट्र संघ अन्तरगत विभिन्न देशहरुमा रहेर महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो ।
आफ्नो सरकारी सेवाबाट अवकाश पश्चात्को जीवनमा पनि उहाँले हिमालयन बैंक स्थापना गरी सफल बनाउनुभएका उहाँले निर्धन उत्थान लघुवित्त एवं लुम्बिनी जनरल इन्स्योरेन्स समेत सञ्चालनमा ल्याई यी संस्थाहरुको अध्यक्षको भूमिका समेत निर्वाह गरिसक्नुभएको छ ।
उहाँले History of Rana, Autobiography, Crononicals of Rana Periods गरी ३ ओटा पुस्तकहरु प्रकाशनमा ल्याउनुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij