काठमाडौँ । कोकाकोलाको दीर्घकालिन साझेदार कोकाकोला र हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई)ले हिमाल सफाई अभियान–२०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेको छ ।
हिमालयन क्षेत्रलाई सफा राख्न शुरु गरिएको यो राष्ट्रिय सफाई कार्यव्रmमको दोस्रो संस्करण हो । यो मल्टि स्टेक होल्डर कार्यक्रमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कमगर्ने र ६ वटा चुचुरा सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफागर्ने उद्येश्य राखेको छ ।
हिमाल सफाई अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले भन्नुभयो, “हामी खुशी छौँ कि कोकाकोलाको प्रणालीले नेपाली सेना र नेपाल सरकारले देशको गौरवशाली हिमालहरु सफा गर्नका लागि गरेको प्रयासलाई समर्थन गरिरहेको छ । हाम्रो लक्ष्य भनेको हिमालको महिमा बहाल गर्न चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु हो । थप रुपमा, हामी समुदायहरु र साझेदारहरुसँग हिमालहरु सफा राख्नको लागि जागरुकता बढाउनको लागि संलग्न छौँ किनकि हामीलाई थाहा छ व्यवहार परिवर्तन गर्न शिक्षाको कत्ति महत्वपूर्ण भूमिका हुन्छ ।”
वि। सं।२०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोकाकोला र धेरै सरोकारवालाहरुले सफलतापूर्वक पहिलो पटक “सगरमाथा हिमाल सफाई अभियान २०७६” नामक पहिलो हिमाल सफाई अभियान सञ्चालन गरेका थिए । अभियानको माध्यमबाट सगरमाथाबाट ४८९२ किलो फोहोर र सगरमाथाबेस क्याम्पबाट ५६९४ किलोको फोहोर संकलन गरिएको थियो ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भन्नुभयो, “हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामका लागि समान विचारधाराका साझेदारहरुलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको हामी प्रशंसा गर्दछौँ । अनुकरणीय संयुक्त प्रयासको हिस्सा हुनपाएकोमा हामी सम्मानित छौँ । नेपालको गौरवलाई कायम राख्न सफाई अभियानको नेतृत्व लिने टोली लिडर र सदस्यहरुलाई धेरै धेरै अग्रिम शुभकामना पनि व्यक्त गर्न चाहन्छौं ।”
यस कार्यव्रmमले विभिन्न सरकारी, गैर–नाफामुलकसंस्था र निजी क्षेत्रकाकम्पनीहरुको लागिवातावरणको संरक्षणमा कामगर्ने र नेपालको प्राकृतिक गौरव र सौन्दर्य संरक्षणमा साझा चासो राख्ने प्लेटफर्म स्थापना गरेको छ ।
नेपालका कोकाकोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘हाम्रो ग्लोबल वल्र्ड विथआउट वेस्ट लक्ष्य भनेको सन् २०३० सम्ममा हामीले बेचिसकेको हरेक बोतल रिसाइकल गर्नु हो । हामी फराकिलो सम्बोधनमा आफ्नोे भूमिका खेल्न प्रतिबद्ध छौँ । प्लास्टिक फोहोर चुनौती र हिमाली सफाई अभियानमार्फत हामी नेपाललाई स्वच्छ राख्नेछौँ भन्ने आशा राख्दछौँ ।’
सन् २०१८ मा कोकाकोलाले २०३० सम्ममा उत्पादन गर्ने सबै बोतल र क्यानहरुको बराबरी र रिसाइकल गर्ने उद्येश्यले विश्वव्यापी रुपमा वल्र्ड विथआउट वेष्टको घोषणा गरेको थियो । ग्लोबल भिजनको समर्थनमा नेपालमा कोकाकोलाले धेरै रिसाइक्लिंग इनिसिएटिभहरु पहल गरिसकेको छ । आगामी दशकमा नगरमित्र, रिसाइक्लर साथी, रिफ्रेस र रिसाईकलका विभिन्न परियोजनाहरु मार्फत “वल्र्ड विथआउट वेष्ट”का उद्देश्यहरु प्राप्त गर्न कार्यहरु सञ्चालन हुनेछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij