काठमाडाैं । धादिङ जिल्ला गंगाजमुना गाउँपालिकामा अवस्थित फुलखर्क कल्याणकारी समाजको साताैं वार्षिक साधारणसभा तथा चाैथो अधिवेसन कार्यक्रम गंगाजमुना गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
नितान्त सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्दश्यले स्थापना भएको उक्त संस्थाले त्यहाँका स्थानीयहरुको दु:ख पिडामा निरन्तर सहयोगी भुमिका निर्वाह गरिरहेको छ ।
फुलखर्क कल्याणकारी समाजको चाैथो साधारणसभाबाट रामेश्वर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत निर्वाचित भएको छ ।
नयाँ कार्यसमितिकाे नेतृत्वमा प्रथम उपाध्यक्षकाे भूमिकामा निराजन अधिकारी, द्वीतिय उपाध्यक्षकाे भूमिकामा कविता नेपाल, महासचिवकाे भूमिकामा बाबुराम कार्की, काेषाध्यक्षकाे भूमिकामा अमर सिंखडा तथा कार्यसमिति सदस्यकाे भूमिकामा सुमन बानिया, अशाेक अधिकारी र रमेश गुरूङ रहेकाे संस्थाका आजिवन सदस्य चन्द्र थापाले सेतोघर डट कमलाई जानकारी गराउनुभएकाे छ ।