२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पाँचतारे होटलका कर्मचारीले मासिक न्यूनतम ५ हजार पाउने

पाँचतारे होटलका कर्मचारीले मासिक न्यूनतम ५ हजार पाउने

काठमाडौं । होटेल बन्द रहेको अवस्थामा घरमै बस्नुपर्ने कर्मचारीलाई पाँचतारेको हकमा मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने सहमतिसँगै होटेल सञ्चालक र कर्मचारी मजदुर संगठनबीच सामूहिक सहमति भएको छ । तर, होटेल सञ्चालन भएको अवस्थामा भने चक्रीय प्रणालीमार्फत आवश्यकताका आधारमा आलोपालो गरी श्रमिक तथा कर्मचारीलाई काममा लगाइनेछ । काममा लगाइएका त्यस्ता श्रमिक तथा कर्मचारीले भने निजले खाइपाई आएको पुरै पारिश्रमिक पाउनेछन् । काममा नबोलाईएको अवस्थामा घरै बस्नु पर्ने भएमा भने होटेल संचालकले पछिल्लो सहमति अनुसारको रकम दिने भएका छन् ।

यसअघि ६ महिना अगाडी मजदुर र होटेल संचालकबीचको सहमतिको अवधि १ जनवरीबाटै सकिएको थियो । त्यसपछि विभिन्न चरणमा बसेका बैठकमा यस्तो सहमति जुटेको होटेल संघ नेपाल -हानले जनाएको छ ।

आगामी एक वर्षका लागि मान्य हुने गरी भएको यो सहमति पत्रमा संघका तर्फबाट अध्यक्ष सृजना राणाले हस्ताक्षर गरेकी छिन् । मजदुरको तर्फबाट नेपाल स्वतन्त्र होटेल मजदुर युनियनका अध्यक्ष सूर्यबहादुर कुँवर, अखिल नेपाल होटेल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघका अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्काले हस्ताक्षर गरेका छन् । सहमति अनुसार आगामी एक वर्षभर वा सहमतिको अवधि कायम रहेको अवस्थासम्म तालिमा आएका, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकलाई होटेलले काममा लगाउन पाउने छैनन् । कामदार आवश्यक हुँनासाथ जगेडामा घरमा बसेका कर्मचारीलाई बोलाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij