२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

धुर्मुस सुन्तली फाउन्डेसनलाई जनचेतना नेपालको सहयोग

धुर्मुस सुन्तली फाउन्डेसनलाई जनचेतना नेपालको सहयोग

काठमाडौं । हामी बनाउँछाै हाम्राे रंगशाला अभियानका अभियन्ता धुर्मुस सुन्तलीलाइ एकलाख पाँच हजार छ सय पचहत्तर रुपैयाँ उपलब्ध गराइएकाे छ ।

उक्त अभियानबाट निर्माणाधिन अवस्थामा रहेकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे अवलोकन गरी  अभियानलाइ थप उर्जा मिलाेस् भन्ने मान्यताले उक्त सहयाेग रकम उपलब्ध गराइएकाे हाे ।

 

सहयाेग रकम जनचेतना नेपालका केन्द्रिय अध्यक्ष एवं समाजसेवी बालकृष्ण निरौला, वाग्मती प्रदेश प्रमुख मुना निराैला त्रिपाठी, कार्यक्रम संयाेजक कविन्द्र त्रिपाठी, सल्लाहकार एवं सदावहार नायक विनाेद श्रेष्ठ, चितवन निवासी समाजसेवी दुर्गा प्रसाद गौतमकाे उपस्थितिमा हस्तान्तरण गरिएकाे हाे ।

जनचेतना नेपाल टीमले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई उक्त रकम हस्तान्तरण गरेकाे हाे ।

जनचेतना नेपालले आगामी साता सिन्धुपाल्चोकमा पहिरो पीडितहरूलाई सहयोग गर्ने र देशभर प्राकृतिक प्रकोप र विभिन्न बिपत्तिमा रहेका जनताको घरघरमा पुगि सक्दो सहयोग गर्ने कार्यक्रम तय गरेको संस्थाका अध्यक्ष निरौलाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij