२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ग्रील महासंघकाे पहलमा सुरक्षाजन्य उपकरणहरू वितरण

ग्रील महासंघकाे पहलमा सुरक्षाजन्य उपकरणहरू वितरण

काठमाडाैं । विश्वमा महामारिको रुपमा फैलिरहेको कोभिड  १९ प्रकोपको नियन्त्रणमा गर्न अग्रपंक्तिमा जनताको जिउ धनको सुरक्षामा  रातदिन खटिरहेका प्रहरीहरुमा नै  कोरोनाको सक्रमण देखिन थालेको पछि ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको पहलमा सुरक्षाकर्मीहरुलाइ सुरक्षाका उपकरणहरु वितरण गर्न शुरु गरिएको छ।
आज मात्र ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले महानगरीय प्रहरी बृत्त सिंहदरवार  र महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई खुट्टाले थिचेर हातमा सेनिटाइज गर्ने सेनिटाइजर सहितको स्टाण्ड निशुल्क हस्तान्तरण गर्नुभयो ।
त्यसै गरी ग्रील महासंघमा आवद्ध जोरपाटी इकाइ समितिद्वारा महानगरीय  प्रहरी बृत्त बौद्दलाई पेडल हेण्ड्वास टेन्की सहितको स्टाण्ड र पेडल सेनिटाइजर स्टाण्ड समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले  हतान्तरण  गरेका थिए  भने बल्खु थानकोट इकाइ समितिका कोषाध्यक्ष दिलिप महर्जनले महानगरिय  प्रहरी बृत्त  किर्तिपुरलाइ  पेडल सेनिटाइजर स्टाण्ड निशुल्क प्रदान गरेका थिए।
यो भन्दा अगाडिको लकडाउनको देशब्यापी रुपमा  निशुल्क  मेन क्याचर स्टिक प्रहरीहरुलाइ बितरण गरिसकेको छ।
जनताको सुरक्षाको निम्ति अग्रपन्क्तिमा खटिने सुरक्षाकर्मी नै संक्रमित भएमा थप समस्या पैदा हुने कुरालाइ ध्यानमा राखी महासंघले आफ्ना मातहतका जिल्ला क्षेत्र इकाइ समिति मार्फत सुरक्षाका उपकरण सहित  राहत सामाग्रीहरु देशब्यापी रुपमा बितरण गर्न लागिएको बताउँदै अध्यक्ष कटुवालले यो असहज अवस्थामा सबै वर्गले आफ्नो-आफ्नो ठाउँबाट देश र जनताको लागि यथासक्य सहयोग गरि सामाजिक उत्तरदायित्व निर्वाह गर्नु र्ने बताउनुभयाे ।
सुरक्षाका सामाग्रीहरु ग्रहण गर्दै प्रहरी कार्यालयका प्रमुखहरुले यसरी ग्रील उध्योगी ब्यवसायिहरुको छाता संस्थाबाट सुरक्षित रहने र जोखिम न्युनिकरण गर्ने सामाग्री प्राप्त हुँदा सुरक्षकर्मीमा हौसला मिल्नुका साथ कोरोनाको सन्क्रमण नियन्त्रणबाट थप सहयोग मिलेको बताउनुहुँदै धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
सुरक्षात्मक उपकरण वितरण गर्दै अध्यक्ष कटुवालले जोखिम  कम भएको स्थानमा सुरक्षाका विधिहरु अपनाएर उद्याेग व्यापार ब्यवसाय सन्चालन गर्ने वातावरण सृजना गरी जनजीवनलाइ भयरहित  सामान्य रुपमा ल्याइ अर्थतन्त्रलाइ चलायमान बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयाे ।
  ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल १ लाख ६० हजार जनालाइ रोजगारी दिँदै आएका  देशभरी सन्चालित करिब ११ हजार ग्रील तथा स्टील ब्यवसायिहरुको  छाता संस्था हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij