२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

निषेधाज्ञा १ हप्ता लम्ब्याउने बारे छलफल हुँदै

निषेधाज्ञा १ हप्ता लम्ब्याउने बारे छलफल हुँदै

काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र एवं  उपत्यकाका मेयरहरुबीचकाे छलफलबाट काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्ने  निकालिएकाे छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार भएको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे छलफल भएको बताए ।
उनले निषेधाज्ञा के गर्ने भन्नेबारे निर्णय नभइसकेको बताउँदै यस सम्बन्धमा माथिको आदेश पर्खिएको बताएका छन् ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij