वीरगन्ज । वीरगन्जका विभिन्न निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन्।
तलब बढाउनु पर्ने, जीवन बिमा गर्नु पर्ने र पिपिई लगायतका स्वास्थ्य प्रदान गर्नुपर्नेलगायतका ५ माग राख्दै ७ दिन अल्टिमेटम दिएका उनीहरूले माग पुरा नभएपछि मंगलबारबाट काममा नजाने घोषणासहित सामूहिक राजीनामा दिएका हुन्।
वीरगञ्जका सबै निजी अस्पतालमा कार्यरत कार्मचारी र डाक्टरहरूमा संक्रमण भेटिन थालेपछि मेडिकल अफिसरहरुले न्युनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बिमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टाइन बस्नुपरे सबै सेवा सुविधा अस्पतालले नै व्यहोर्नुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा (पिपिई) लगायतका सामग्री उपलब्ध गराउनुपर्ने, कार्यअवधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निशुल्क उपचार पाउनुपर्ने मागसहित चिकित्सकहरू सात दिनदेखि आन्दोलनमा थिए।
आज सोमबार अल्टिमेटमको अन्तीम दिन बित्न लागदा अहिलेसम्म मांग पुरागर्न मेडिकल सञ्चालक गम्भीर नबनेको भन्दै डाक्टर राम एकवाल राय यादवले आफूहरू सामूहिक राजीनामा दिने निश्कर्षमा पुगेको बताए। कोरोना महामारीमा अग्रपंतिमा काम गर्ने डाक्टरप्रति सरोकारबाला उदासिन बन्दा आफूहरूको चित्त दुखेको उनको भनाई छ।
वीरगंजका विभिन्न निजी अस्पतालमा कार्यरत १ सय ५० जना मेडिकल अफिसरहरुले सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले मंगलबारबाट अस्पतालको काममा नजाने घोषणा गरेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij