चितवन । चितवनका गरिएको परीक्षणमा जिल्लाका २० सहित थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला गरिएको नमूना परीक्षणमा भरतपुर, रत्ननगर र राप्तीका गरी २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै १६ जना छन् । जसमा ७ जना पुरुष र ९ जना महिला छन् । उनीहरुको भरतपुर अस्पताल र भरतपुर सामुदायिक हस्पिटलबाट स्वाब लिइएको हो । भरतपुर–२, ७, १० र ११ नम्बर वडाका ती संक्रमितहरु ३ वर्षीया बालिकादेखि ७८ वर्षीय वृद्धसम्मका छन् ।
यस्तै, रत्ननगर नगरपालिकाका ५० वर्षीय पुरुष, राप्ती नगरपालिका–२ र ८ का ३५ र ५५ वर्षीय पुरुष तथा २६ वर्षीयामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चितवन मेडिकल कलेजको क्वारेन्टिनमा छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij