२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तका बीच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तका बीच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने- गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा आज एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ ।
मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् ।
गाभ्ने-गाभिने (मर्जर) सम्बन्धी उक्त समझदारीपत्रमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका छन् ।
संयुक्त मर्जर समितिमा एनआइसि एसिया लघुबित्तको तर्फबाट बिशाल सिग्देल र दिनेश भारी तथा स्वदेशी लघुबित्तको तर्फबाट सुबर्ण पौडेल र दिपेश खेतान (अग्रवाल) रहेका छन् ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कुल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् ।
मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुनेछ ।
गाभ्ने-गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आगामी पौष महिनाको पहिलो हप्ता भित्रमा एकीकृत रुपमा कारोवार सञ्चालन हुने गरी कार्ययोजना (एक्सन प्लान) सहित देशकै सबैभन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij