वीरगञ्ज । पर्साकाे निषेधाज्ञामा थप कडाइ गरिएकाे छ । साेहीकारण आइतबारदेखि नेपाली सेना परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको जानकारी दिए ।
निषेधाज्ञालाई थप प्रभावकारी बनाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्न नेपाली सेना परिचालन गरेकाे उनले बताएका छन् । १५ दिन जति निषेधाज्ञामा कडाइ गर्न सके कोभिड–१९ लाई जित्न सकिने उनकाे विश्वास छ ।
पर्साका सडकमा आइतबारदेखि नै सेनाले गस्ती शुरु गरिसकेको छ । वीरगञ्जमा साउन १० गतेदेखि र पुरै पर्सा जिल्लामा साउन १९ गतेदेखि निषेधाज्ञा छ ।
तर मुख्य सडक क्षेत्र बाहेकका गल्लीहरुमा भने मानिसहरुको चहलपहल रोकिएको छैन ।
संक्रमित बढी भेटिएका क्षेत्रहरु माइस्थान, बिर्ता, मुर्लीलगायतका ठाउँमा पनि तरकारी, खाद्यान्नका लागि पसल खोल्ने र मानिसहरुको चहलपहल देखिने गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij