काठमाडौँ– पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
साथै काठमाडौं उपत्यकामा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो ।
साथै मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएको जानकारी गराए।
यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १६ हजार ८ सय ३७ पुगेकाे छ।
पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण गरिएकाे थियाे।
हाल देशभर १४ हजार ७ सय ६९ जना क्वारेन्टिनमा रहेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij