कोरोनाभाइरसद्वारा संक्रमितको संख्या दुई करोड नाघेकाे छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ करोड २ लाख नाघेको छ । यसका साथै विश्वव्यापी रुपमा ७ लाख ३८ हजारको मृत्यु भएको छ ।
संसारकै सर्वाधिक संक्रमित अमेरिकामा छन् जहाँ संक्रमितको संख्या ५२ लाख रहेको छ भने १ लाख ६६ हजार बढीको मृत्यु भइसकेको छ ।
अमेरिकापछि दोस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म कोरोनाका ३० लाख संक्रमित रहेका छन् भने १ लाख बढीको मृत्यु भइसकेको छ ।
यस्तै गरी हालसम्म भारतमा २२ लाख बढी संक्रमित छन् । यहाँ ४५ हजारभन्दा बढीको मृत्यु भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij