२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पिउने पानीको मूल्य समायोजन

पिउने पानीको मूल्य समायोजन

बजार व्यवस्थित बन्नेमा सरोकारवालाहरु आशावादी

काठमाडाैं । हाल पानीको मूल्य समायोजन भएको छ । २० रुपियाँ प्रति बोटल अब १६ रुपियाँ कायम भएको छ । कम्पनी मूल्य प्रति बाकस १ सय १५ र बजार मूल्य १ सय ३५ बाकस कायम गरिएको छ ।

यसैगरी ६० रुपियाँ एमआरपी रहेको २० लिटर जारको पानीको खुद्रा मूल्य अब अधिकतम रु. ५० कायम गरिएको छ । जसमा कम्पनी मूल्य २० रुपियाँ प्रति जार र बजार मूल्य ३५ रुपियाँ कायम गरिएको छ ।

यो मूल्य हाल काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लाको लागि लागु हुनेछ ।

अन्य बाह्य जिल्लाको लागि भने हाल प्रचलनमा रहेको खुद्रा मूल्य नै कायम रहनेछ ।


वाणिज्य आपुर्ति तथा उपभोक्ता हित विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल वोटल वाटर उद्योग संघ, उपभोक्ता संरक्षण मञ्च लगायतका संस्थाको संस्थाहरुको आपसी समझदारीमा लामो समय देखि चर्चामा रहेको पानीको मूल्य समायोजन कार्य टुङ्गिएको हाे ।

समायोजित मूल्यले पानीका उपभोक्ता एवं उद्योगीहरुलाई फाइदा पुग्ने बोटल वाटर उद्योग संघका महासचिव ध्रुव गौतम बताउँछन् ।

पिउने पानीको बजार व्यवस्थित गर्ने र पानी उद्योगीहरुको लगानी सुरक्षित गरी स्वच्छ पानी सबै उपभोक्ताले सहजै उपयोग गर्न पाउन् भन्ने योजना सहित पानीको मूल्य समायोजन गरिएको गौतमको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij