काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लाे २४ घण्टामा ९२ जनामा कोरोना संक्रमितहरु थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे जानकारी अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् ।
यो सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ११३६ पुगेको छ। काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ संक्रमित पुष्टि भएका छन्।
यसैगरी आज देशभरमा ३ सय ८० जना संक्रमित थपिएकाे समेत मन्त्रालयले जनाएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij