२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अमेरिकामा कोरोनाका ५० लाख बढी संक्रमित, मृतकको संख्या १ लाख ६५ हजार नाघ्यो

अमेरिकामा कोरोनाका ५० लाख बढी संक्रमित, मृतकको संख्या १ लाख ६५ हजार नाघ्यो

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ५० लाख बढी पुगेको छ ।

कोरोनाका कारण संसारकै सर्वाधिक प्रभावित देश अमेरिका नै हो ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म ५१ लाख ४९ हजार ७ सय २३ संक्रमित रहेका छन् भने एक लाख ६५ हजार बढीको मृत्यु भइसकेको छ ।

अमेरिकापछि ब्राजिल दोस्रो सबैभन्दा प्रभावित देश हो जहाँ संक्रमितको संख्या २० लाख १३ हजारभन्दा बढी छ । ब्राजिलमा मृतकको संख्या करिब एक लाख पुगेको छ ।

भारत तेस्रो सर्वाधिक प्रभावित देश हो । भारतमा हालसम्म कोभिड–१९ का कूल संक्रमितको संख्या २१ लाख पार भइसकेको छ जसमा १४ लाख २० हजारभन्दा बढीले यो रोग जित्न सफल भइसकेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार रिकभरी रेटमा लगातार सुधार भइरहेको छ र यो अब ६८.३२ प्रतिशत रहेको छ । यस्तै कोभिडका कारण मृत्युदर २.०४ प्रतिशत छन् । हालसम्म करिब ४३ हजारको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij