२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लगातारको वर्षाले तुम्लिङटार डुबानमा

लगातारको वर्षाले तुम्लिङटार डुबानमा

खाँदबारी– लगातारको वर्षाका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार बजार डुबानमा परेको छ।

सोमबारदेखि लगातार परेको वर्षाले तुम्लिङटारका कम्तीमा १०० घर डुबानमा परेका छन्। घरभित्र पानी पसेपछि तीनवटा घर भत्किएका छन्।

विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र शम्शेर मगरको घर भत्केको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए। खाँदबारी नगर क्षेत्रका विभिन्न स्थानका चार जनाको घरमा क्षति पुगेको छ। माटो र ढुङ्गाले बनेका कच्ची घर डुबानका कारण जोखिममा परेका छन्।

शनिबार बिहान २ बजेपछि ठूलो पानी परेपछि तुम्लिङटार डुबेको थियो। तुम्लिङटार क्षेत्रमा ढलको राम्रो व्यवस्था नभएका कारण डुबानमा परेको स्थानीयवासीले बताएका छन्। घरभित्र पानी पसेपछि व्यापारी मारमा परेका छन्।

पहिराेले खाँदबारी नगरपालिका–६ का शान्तिकुमार खत्रीको घर भत्केको छ। घरभित्र रहेको सामग्री सेनाको बराहदल गुल्म र प्रहरीले निकालेको छ।

ढुङ्गेबिसौनीका वीरसुन्दर श्रेष्ठको घर, खाँदबारी–३ का गीता दर्जी र नारायण बुढाथोकीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

–रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij