काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५३ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका १ जना गरि ५३ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले देशका २८ वटा प्रयोगशालामा ५ हजार ३२ गरिएको परीक्षणमा ३११ जनामा कोरोना संक्रमण भएको पनि बताउनुभयो । कोरोना संक्रमणको कूल संख्या १९ हजार ६३ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १२१ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।
नेपाल हालसम्म ४८ जनाले कोभिड–१९ संक्रमणबाट ज्यान गुमाईसकेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij