
पाल्पा । पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ असर्दीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
अबिरल वर्षा भएपछि पहिराले खेत नोक्सान पुर्याउन थालेको रोक्न राति खेतमा गएका अर्याललाई असर्दीको बतासेखोला छेउमा आएको पहिराले बगाउँदा मृत्यु भएको वडाध्यक्ष कृष्ण रेग्मीले बताए ।
पहिराले बगाएर अर्याललाई १० मिटर तल लगेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij