२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पत्रकारहरुको आपत्कालिन राहत कोषमा आर्थिक सहयोग

पत्रकारहरुको आपत्कालिन राहत कोषमा आर्थिक सहयोग

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले स्थापना गरेको पत्रकार आपत्कालिन राहत कोषमा समयबद्ध प्रकाशन प्रा.लि.द्वारा प्रसारित झिल्को डट कमले १० हजार रुपैयाँ प्रदान गरेको छ ।

जन्मदिनकाे विशेष अवसरमा सो रकम आइतबार झिल्को टिमका तर्फबाट कार्यकारी सम्पादक कृष्ण लेकाली र सूर्य सुवेदीले पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त कोषमा आइतबार नै वाङ्ला पब्लिक सेफ्टी ट्रेनिङ सेन्टरका भरत आचार्यले १० हजार रुपैयाँ प्रदान गरी पत्रकारहरुलाई केही थोरै भए पनि सहयोग गर्ने काम गरेका छन् । आगामी दिनमा अझ यो भन्दा पनि आफूले सक्ने सहयोग दुखमा परेका पत्रकारहरुलाई गर्ने कुरा सेफ्टी ट्रेनिङ सेन्टरका भरत आचार्यले बताए ।

हामीकँहा अझै खोजअनुसन्धात्मक खालको पत्रकारीताको आवश्यकता रहेको समेत आर्चायले बताए । भोलीका दिनमा ठूलाठूला मिडिया मालिकहरुले साँच्चि नै मिडियाबाट आएको फाइदालाई घर जग्गामा लगानी नगरिकन पत्रकारिता सम्बन्धि नै विश्वविद्यालयहरु खोली मिडियामैत्री वातावरणको विकास गर्नुपर्ने कुरा सेफ्टी ट्रेनिङ सेन्टरका भरत आर्चायले सेतोघर डट कमलाई बताए ।

उक्त रकम ग्रहण गर्दै काठमाडौं शाखाका अध्यक्ष बिडारीले काठमाडौं शाखामा ६६–७० उमेर भन्दा माथिका बयोबृद्ध पत्रकारहरु ७० जना भन्दा बढी रहेको र शाखामा मृर्गौला, सुगर, प्रेसर र अन्य दीर्घरोग लागेका धेरै पत्रकारहरु भएका हँुदा उनीहरुलाई केही राहत प्रदान गर्न सकियोस् भनेर कोष स्थापना गरिएको बताए ।

उनले केही दीर्घरोगी पत्रकारहरुलाई शाखाले सकेको आर्थिक सहयोग यसअघि पनि प्रदान गरिसकेको बताए ।

शाखामा विभिन्न समाजसेवी, तथा पत्रकारहरुले स्वस्फूर्त रुपमा रकम हस्तान्तरण गरिरहेको शाखाका उपाध्यक्ष सूर्य सुवेदीले बताए ।

रकम हस्तान्तरण गर्दै झिल्कोका कार्यकारी सम्पादक कृष्ण लेकालीले कोरोनाको मारमा परेका र दीर्घरोगी पत्रकार साथीहरुलाई केही राहत होस् भन्ने हेतुले शाखाको कोषमा संस्थाले सानै भएपनि रकम प्रदान गरेको बताए ।

आगामी दिनमा पनि यो खालको सहयोग कार्यलाई व्यापक रुपमा बढाउँदै विभिन्न खालको रोगहरुबाट पिडीत भएका अग्रज दाजुहरुलाई केही न केही थोरै भए पनि सहयोग गरि अघि बढ्ने कुरा नेपाल पत्रकार महांसंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारीले बताएका छन् ।
यो अभियान अझै तीव्र रुपमा अघि बढ्नेछ र आफू्ले पनि उक्त अग्रज पत्रकारहरुकै हक हितका निम्ति वृद्धि होस् भन्ने भावनाले आफ्नो बर्थडेमा रु. दशहजार रुपैया गरिएकोमा महासंघले कृतज्ञता प्रकट गरेको छ ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका उपाध्यक्ष सुर्य सुवेदी, सचिव मोहन पन्त, अग्रज पत्रकार कृष्ण लेकाली, नेपाल पत्रकार महासंघ काठमाडौंका सदस्य तथा सेतोघर डटकमका सल्लाहकार सम्पादक पुस्कर बस्नेत, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य फणीन्द्र फुया्रँल लगायत धेरै पत्रकारहरुको जमघट रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij