२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउन अन्त्यसँगै कोरोना संक्रमणको जोखिम झन बढ्ने

लकडाउन अन्त्यसँगै कोरोना संक्रमणको जोखिम झन बढ्ने

काठमाडौं । सरकारले मंगलबारबाट लकडाउन खुलेपछि सडकमा मानिसको चहलपहल बढेको छ । मंगलबार रातिदेखि १ सय २० दिनको लकडान खुलेसँगै काठमाडौं उपत्यकाका सडकमा बुधबार सवारी साधनको जाम हुन थालेको छ । सर्वसाधारण मानिस पनि बाहिर निस्किपछि बजारमा चहलपहल सुरु भएको छ । सडकमा सवारी जाम र फुट्पाथमा पैदल यात्रीको लर्को देखिएसँगै कोरोना संक्रमण जोखिम बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

गत चैत्र ११ गते ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सुरु भएको लकडाउन १ सय २० दिन पछि खुलेपनि कोरोना संक्रमणको जोमिख कायम नै छ । सरकारले एकै पटकमा लकडाउनको अन्त्य गर्दा संक्रमणको दर बढ्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । लकडाउन एकै पटकमा अन्त्य गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ टोलीका एक सदस्यले असन्तुष्टि जनाए ।

अव्यवस्थित तरिकाले लकडाउनको अन्त्य गरेको ती स्वास्थ्य विज्ञले बताए । उद्योगी व्यवसायीको दवाबमा आएर एकै पटकमा लकडाउन खोलिएको देखिन्छ । अझै एक–ढेड हप्ता को अवस्था हेरेर जोर बिजोर प्रणालीलाई कायम राखेर निर्णय लिन सकेको भए एकै पटकमा सडकमा निजी तथा भाडाका सवारी साधनको चाप नहुने उनी बताउँछन् ।

सिसिएमसीको छलफलमा लकडाउन कायम राख्ने वा खुल्ला गर्ने भन्ने विषयमा विज्ञ समूहको सहभागिता रहे पनि उनीहरुको सुझावलाई व्यवास्ता गरिएको विज्ञहरुले बताएका छन् । लकडाउन अन्त्य गर्ने सरकारको निर्णय अरिपक्क भएको जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेले बताए । नेपालमा कोरोना संक्रमणको वास्तविक अवस्था पत्ता नलगाई अन्त्य गरिएको लकडाउनको नतिजा सही नआउने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij