२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ग्रिल महासंघद्वारा माैद्रिक नीतिकाे स्वागत

ग्रिल महासंघद्वारा माैद्रिक नीतिकाे स्वागत

कोभिड-१९ बाट प्रताडित ग्रील तथा घरेलु  साना उध्योगी व्यवसायीहरु नेपाल रास्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिबाट  उत्साहित भएका छन् ।
शिथिल अर्थतन्त्रलाइ चलायमान बनाउन रोजगारी सृजना गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न महङ्गी नियन्त्रण गर्न अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रलाई कठिन अवस्थाबाट सुरक्षित अवतरण गराइ  ७ प्रतिशतको आर्थिक वृद्धिदर हसिल गर्न प्रोत्साहित गर्न मौद्रिक नीति केन्द्रित भएको ग्रील तथा स्टील ब्यवसायी महासंघकाे निष्कर्ष छ ।
साथै महासंघले यसकाे स्वागत समेत गरेकाे छ ।
लकडाउनका कारण सम्पूर्ण उद्याेग व्यवसायहरु बन्द हुँदा दैनिकी गुजारा चलाउन समेत धौधौ परिरहेको अवस्थामा बैंकको साँवा र ब्याज बुझाउन नसकेका ६ महिना देखि २ बर्ष सम्मको समयावधि थप गर्न पुनर्तालिकीकरण गर्ने, घर भाडा र कर्मचारीको तलब भुक्तानी गर्न नसकेका उध्योग सुचारु गर्न चालू पुँजिको अभावमा परेर चिन्तित उध्योगीहरुलाई चालु पुँजीको २० प्रतिशत सम्म पुनर्कजा ५ प्रतिशतम उपलब्ध गराउने कुराहरु उध्योगीहरु मौद्रिक नीतिले सम्बोधन गरेकोले साना उध्योगी व्यवसायी  उत्साहित भएका छन् ।
अब चाँडै कार्यविधि बनाइ सहज कार्यान्वयन भएमा शिथिल अवस्थामा रहेको अर्थतन्त्र चलायमान भइ गति लिने कुरामा ब्यवसायी ढुक्क छन् ।
मौद्रिक नीतिले सम्बोधन गरेका लक्ष्य प्राप्ति गर्न पुनर्कर्जा कोषको ५ गुणा सम्म पुनर्कर्जा उपलब्ध गराउने नीतिले सहयोग पुग्ने महासंघले विश्वास लिएकाे छ ।
यसै गरी तरलता बढाउन र ब्याज दर कम गर्न सिसिडी अनुपातलाइ ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशत गर्नु राम्रो पक्ष भएको वाणिज्यका प्रत्येक शाखाबाट न्युनतम  १० र विकास बैंकले ५ जनालाइ सहुलियत कर्जा उपलब्ध गराउने कुराले आफूहरुमा आशा जागेको महासंघले जनाएकाे छ ।
बैंकहरुले आफुखुशी सेवा शुल्क लिन नपाइने कुरा राम्रो रहेकाे र ५ प्रतिशतमा सहुलियत कर्जा उपलब्ध गराउने कुरालाई सकारात्मक रुपमा लिनुपर्नेमा महासंघले जाेड दिएकाे छ।
कोभिड-१९ को कारण विश्व अर्थतन्त्रनै संकटमा परेको बेला नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको मुलुक नराम्रो सँग प्रभावित भएको अवस्थामा उद्याेगी व्यवसायीको मनोबल बढाएर बढी हिम्मतका साथ सार्वजनिक गरिएको मौद्रिक नीतिलाइ सबै क्षेत्रको सहज पहुँच हुने किसिमको कार्यविधी बनाइ सबैले आफ्नो आफ्नो क्षेत्रबाट कार्यान्वयनमा लाग्नुको विकल्प नरहेको हुँदा सकारात्मक भएर कार्यान्वयन गर्न ग्रील तथा स्टिल व्यवसायी महासंघ प्रतिबद्ध छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij