२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउन सँगै सृजना भएका नयाँ अवसरहरु

लकडाउन सँगै सृजना भएका नयाँ अवसरहरु

ई. अनिल मानन्धर,  प्रबन्ध निर्देशक, बोनाफाइड इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि

लकडाउन अवधिले नेपालका सबैजसो उद्योग व्यवसायहरु बन्द रहे । यसको असर हामी सबैले भोग्यौं । घर भित्र नै लामो समय सीमित रहनुपर्दा हाम्र्र्रा बाह्य गतिविधिहरु एवं आर्थिक क्रियाकलापहरु बन्द रहे । यसबाट हामीले निकै ठूलो आर्थिक नोक्सानी भोग्नुपरेको निष्कर्ष निकालेका छौं । यद्यपि यस लकडाउन अवधिका पछिल्ला दिनहरुलाई भने हामीले रचनात्मक क्रियाकलापहरुमा संलग्न रहन सक्दो प्रयाश ग¥यौं । अनलाइन वेविनारहरु सञ्चालन देखि कम्पनीका भावी योजना निर्माण लगायतका कार्यहरुमा हामीले आफूलाई व्यस्त बनायौं । विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफलहरु चलायौं । यसले हाम्रा आगामी दिनमा उत्पादकत्व वृद्धि गराउनेमा हामी अपेक्षारत छौं ।

लकडाउन पछिको अवसर
लकडाउनले हामीलाई निकै नै समस्या सृजना गरेपनि यसले हामीलाई प्रकृतिसँग नजिक रहेर काम गर्न सकिने अवस्था सृजना भयो ।

अहिलेको अवस्थाः
नेपाल यतिबेला असार मसान्त अर्थात आर्थिक बर्षको अन्त्यको दौरानमा छ । लकडाउन खुकुलो भएको यस अवस्थामा हामीले विगतमा जिम्मेवारी लिएका क्रियाकलापहरुलाई जसरी भएपनि समयमा नै सक्नुपर्ने बाध्यता छ । अहिले हामी नियमित गतिविधिहरुमा फर्किसकेका छौं । अब हामी थप ऊर्जाशिल भई नियमित क्रियाकलापहरुलाई चलायमान बनाउनु जरुरी छ ।
लकडाउनका सकारात्मक पक्षहरुः
हरेक समस्या पश्चात् विभिन्न नयाँ सम्भावनाहरु समेत सँगसँगै सृजना हुने गर्छन् । यसपटकको लकडाउन समेत हामी सबैको लागि अनपेक्षित हुँदाहुँदै पनि यसले विभिन्न नयाँ अवसरहरु समेत सृजना गरेको छ । विगतमा कुनै छलफलमा सहभागि हुनको लागि महिनौं देखि तयारी गरेर लाखौं रकम खर्च जोहो गरेर आयोजना गरिने मिटिङहरु अहिले जुम लगायतका मोबाइल तथा कम्प्युटर प्लेटफर्मबाट सजिलै सञ्चालन गर्न सकिने अवस्था सृजना भएको छ । जसबाट घरमै बसीबसी समय र पैसा बचत गरेर सजिलै यस्ता छलफलहरु सञ्चालन गर्न सकिन्छ ।

व्यापक बढ्यो प्रविधिको प्रयोगः
लकडाउनले प्रविधिको क्षेत्रमा नयाँ सम्भावनाहरु सृजना भएका छन् । हाम्रा आवश्यकताहरु बदलिएका छन् । विभिन्न नयाँ एप्लिकेशनहरु विकास भएका छन् । सूचना प्रविधि सँग नजिक रहेर काम गर्नेहरुको लागि नयाँ सम्भावनाहरु सृजना भए । अनलाइनबाट अर्डर गरेको आधारमा होम डेलिभरी सुविधा सहितका अनलाइन तथा मार्केटिङ विजनेशहरुबाट घर–घरमा सेवा उपलब्ध हुने अवस्था सृजना भयो । जसबाट एकातिर भीड नियन्त्रणमा सहयोग पुयायो । अर्कोतिर प्रविधिको व्यापक पहुँच विस्तारमा समेत हामीलाई सहयोग पुग्यो । साथै पछिल्ला दिनहरुमा यी सेवाहरुको लोकप्रियता बढ्नुको अलावा हामी सबैले नयाँ संसारको समेत महसुस गर्न सक्यौं ।

 

लकडाउनले प्रविधिको क्षेत्रमा नयाँ सम्भावनाहरु सृजना भएका छन् । हाम्रा आवश्यकताहरु बदलिएका छन् । विभिन्न नयाँ एप्लिकेशनहरु विकास भएका छन् । सूचना प्रविधि सँग नजिक रहेर काम गर्नेहरुको लागि नयाँ सम्भावनाहरु सृजना भए । अनलाइनबाट अर्डर गरेको आधारमा होम डेलिभरी सुविधा सहितका अनलाइन तथा मार्केटिङ विजनेशहरुबाट घर–घरमा सेवा उपलब्ध हुने अवस्था सृजना भयो । जसबाट एकातिर भीड नियन्त्रणमा सहयोग पुृऱयायो । अर्कोतिर प्रविधिको व्यापक पहुँच विस्तारमा समेत हामीलाई सहयोग पुग्यो । साथै पछिल्ला दिनहरुमा यी सेवाहरुको लोकप्रियता बढ्नुको अलावा हामी सबैले नयाँ संसारको समेत महसुस गर्न सक्यौं ।

खर्च घटाउन तथा वैकल्पिक आयको बाटो खुल्योः
लकडाउनले मानिसहरुको फजुल खर्च रोकियो, यति मात्र होइन, आयआर्जनका बाटाहरु बन्द हुँदा न्यूनतम खर्चमा नै साधारण जीवनयापद गर्न सिक्यौं । भड्किलो खर्च रोकेर न्यूनतम खर्चमा पनि सन्तुष्टि पाउन सकिने रहेछ भन्ने कुराको महसुस अहिले हामी अधिकांशले गरेका छौं । यो पनि एउटा कला रहेछ भन्ने हामीले महसुस ग¥यौं । घरमा आफैंले खाजा लगायत अतिरिक्त नयाँ परिकारहरु तयार गर्ने अवसर मिल्यो । अनलाइन प्लेटफर्मबाट बिना शुल्क नयाँ सीप सिक्ने अवसर समेत मिल्यो । थुप्रै जागरुक युवाहरुले आफ्नो सोचलाई पैसामा बदल्ने अवसर सिके । थुप्रैले अतिरिक्त आम्दानीका स्रोतहरु पहिचान गरे । आफुलाई आवश्यक तरकारीहरु घरमै फलाउने कार्यमा थुप्रै मानिसहरु सक्रिय रहे । यसबीचमा सबैभन्दा बढी लाभान्वित प्रविधि क्षेत्रमा काम गरिरहेका व्यक्तिहरु नै भएको हुनुपर्छ ।

विदेशिएका युवा स्वदेश फर्काउने उपयुक्त अवसरः
नेपालमा वैदेशिक रोजगारीबाट फर्किने युवाहरुको व्यवस्थापन हाम्रो लागि ठूलो चुनौती हुन सक्छ । उनीहरुलाई नेपालमा ल्याई राम्रो काममा लगाउन सक्ने हो भने नेपालमा फर्किएपछि नेपालको दिगो विकासको लागि यो नयाँ अवसर समेत बन्न सक्छ । विदेशिएका युवाहरुलाई एकैपटकमा ठूलो परिमाणमा स्वदेश फर्काउनको लागि यो नै यस्तो उपयुक्त अवसर बनेको छ, यसलाई सदुपयोग गर्नुपर्छ । विदेशमा रहँदा उहाँहरुले सिकेका कुराहरुलाई अब नेपालको विकासमा लगाउनसके त्यो ज्ञान, सीप र क्षमता नेपालको विकासमा लगाउन सकिन्छ ।

कृषि महत्वपूर्ण क्षेत्र भएको महसुस भयोः
नेपालीहरुले खाद्यान्न पहिलो आवश्यकता रहेछ भन्ने कुरा अहिलेको लकडाउनबाट महसुस गरेका छन् । अहिले सम्म ओझेलमा परेको कृषि क्षेत्र फस्टाउने र ठूला लगानीहरु कृषि क्षेत्रमा आकर्षित हुने अवस्था सृजना हुनेछ । साथै तत्काल ठूलो सङ्ख्यामा नेपालमा युवा व्यवस्थापनको लागि यो नै महत्वपूर्ण क्षेत्र हुन सक्ने देखिएको छ ।

 

नेपालमा अबका सम्भावनाहरुः
हाम्रो देश विकासशिल देश हो । यहाँ अझै पनि ठूलो क्षमताका महत्वपूर्ण भौतिक पूर्वाधारहरु विकास हुन सकेका छैनन् । नेपालमा निर्माण तथा पूर्वाधार क्षेत्रमा काम गर्न सके ठूलो सम्भावना छ । अहिले सम्म नेपालमा सञ्चालित अधिकांश उद्योग व्यवसायमा श्रममूलक काममा जनशक्ति अभाव रहँदै आइरहेको छ । यद्यपि अबका दिनमा नेपालमा यसरी युवाहरुको जनशक्ति अभाव हुनेछैन ।

नेपालमा अबका दिनमा निर्माण क्षेत्रमा समेत निकै बढी जनशक्ति आवश्यक छ । नेपालमा यस क्षेत्रमा काम गर्न बौद्धिक वर्ग, इन्जिनियरहरुको समेत आवश्यकता छ भने ती इन्जिनियर र प्राविधिकहरुले गरेको डिजाइनलाई वास्तविकतामा बदल्न श्रमिकहरुको समेत निकै आवश्यकता छ । बाह्य बजारमा बुझेका युवाहरुले नयाँ प्रविधि बमोजिम काम गर्न सक्ने अवस्था समेत अझ राम्रो रहन्छ ।
विश्वभर नै अझै कोभिड–१९ को उपचारको लागि कुनै उपाय यकिन गर्न नसकिएको अवस्थामा यो समस्या अझै कति समय जाने हो भन्ने यकिन गर्न सकिने अवस्था छैन । नेपालमा अबका दिनमा प्रविधिको क्षेत्रमा रहेर काम गर्नको लागि हामीले निकै सहयोग पु¥याएको छ ।

प्रकृतिसँगको सामिप्यता स्थापनाः
अहिले काठमाडौं उपत्यकामा रहेका अधिकांश व्यक्तिहरु बाह्य जिल्लाबाट काठमाडौं आएका छन् । कार्य व्यस्तताले परिवारसँग सँगै रहन र आपसी प्रेम अनुभव गर्न नपाएका, आफ्नो मौलिक पहिचान बुझ्न नपाएका, आफ्नो संस्कारसँग निकट हुन नसकेका व्यक्तिहरुलाई आफ्नो संस्कार र मौलिकता बुझ्न निकै नै सघाउ पु¥याएको छ । आपसमा आत्मियताको महसुस गर्न सकिने अवस्था सिर्जना भएको छ । धन, प्रतिष्ठा, सत्ता र शक्ति मात्रै सर्वस्व रहेनछन्, आपसी माया, ममता, सहयोग, सामिप्यता, आत्मियता बिना मानवीय जीवन पूर्ण हुँदो रहेनछ, सहयोग र सहकार्य पनि महत्वपूर्ण हुँदो रहेछ भन्ने भाव धेरैले महसुस गरेका छन् ।

भौतिक संसारलाई नै सर्वस्व ठान्ने युवा पुस्ताहरुले समेत प्रकृतिसँग निकटतम सम्बन्ध स्थापना गर्न पाएका छन् । भीडभाड नभई एकान्त प्रेमको आवश्यकता यस सङ्कटले हामी सबैलाई अनुभव गराएको छ । अधिकांश मानिसहरुले फुर्सदको समयमा योग, ध्यान, प्रणायाम, स्वतन्त्र लेखन, सङ्गीत र नृत्यकला, साहित्य सिर्जना, खेलकुद, मनोरञ्जन, भावी योजना तय गर्ने उपयुक्त अवसरको रुपमा समेत अपनाएका छन् । सबैले स्वतन्त्रताको महसुस गर्न पाएका छन् । हावा, पानी शुद्ध भएको छ । धुलो धुवाँको दुष्प्रभावविहीन प्रकृतिको अनुभव गर्न पाएका छौं । प्रकृति स्वच्छ, स्वस्थ र हराभरा भएको छ । सिर्जनशिलता र रचनात्मक क्रियाकलापमा संलग्न हुन समेत हामीले आत्मप्रेरणा प्राप्त गरेका छौं । थुप्रै आविष्कारका कामहरु भएका छन् । यी समग्र कुराहरुलाई हेर्ने हो भने लकडाउन र कोरोना सङ्कटले हामीलाई थुप्रै नयाँ कार्यहरुमा संलग्न हुन उत्प्रेरणा मिलेको छ । साथै अबका दिनमा विकास कार्य तुलनात्मक रुपमा युवाहरु थप उर्जावान् भइ संलग्न हुन सक्नेछन् भन्नेमा समेत म अपेक्षारत छु ।

अन्त्यमा,
कोभिड–१९ को छिट्टै नै उपयुक्त समाधान निस्किनेमा हामी आशावादी छौं । अहिले भने हामी सचेत रहँदै नियमित क्रियाकलापमा संलग्न हुने समय छ । साथै हामीले नयाँ तवरले सोचविचार परिवर्तन गरेर त्यसलाई उद्यमशिलतामा बदल्न सक्ने हो भने कोरोना संकट अविष्मरणीय वरदान समेत सावित हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij