२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मोडलिङबाट समाज रुपान्तरण गर्नुछ : गुन्जन शर्मा

मोडलिङबाट समाज रुपान्तरण गर्नुछ : गुन्जन शर्मा

गुन्जन शर्मा मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर आगाडी बढ्दै गरेको एउटा नाम हो | शर्मा
इटहरी २ आपगाछीमा बसोबास गर्छिन् साथै स्नातक तह कस्तुरी कलेजमा अध्यानरत छिन् |

सानै उमेर देखि समाजलाई उत्पे्रणा हैन रुपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले विभिन्न फेसन सो तथा
प्रोफेसनल फोटो सुट गरी सकेकी छिन् |

शर्माका अनुसार आफ्नी आमा रिनु शर्माको गायक सुन्दै हुर्किएको हुँदा कलाले मात्र समाज रुपान्तरण गर्न सक्ने हुँदा कला क्षेत्रमा लाग्ने रुची जागेको जानकारी गराइन् |

इटहरीको एरिना टेलिभिजनमा एसएमएस जोन नामक कार्यक्रम मार्फत लोकप्रियता कमाएकी गुन्जन शर्मा
अहिले अध्ययनमा एकाग्र भएर लागेकी छिन | उनको अनुसार जीवनले ब्रेक माग्छ र अहिलेको समय
प्रतिस्पर्धाको मात्रै नभएर आफ्नो पहिचान बनाउने रहेको हुँदा फरक पहिचानका लागि अध्ययन महत्वपूर्ण
रहेको उनी बताउँछिन् ।

साेहीकारण उनी औपचारिक तथा मोडलिङ फिल्डका अनौपचारिक पुस्तक पढ्दै भविष्यका लागि तयारी गरिरहेकी छिन् ।

शर्माले अब आउने दिनमा समाज रुपान्तरणका लागि फरक कार्यक्रम तथा योजना लिएर कला मार्फत जिवनलाई प्रस्तुत गर्ने जनाइन् |

आफ्नी आमा तथा भाईको सकारात्मक सहयोग तथा गुन्जन शर्माको आत्मविश्वासले समाज रुपान्तरणको सपना
साकार हुने र सपनाको नजिक रहेको देख्न अहिलेका फोटोसूटमा देखिने उन्को प्रोफेसनल पोजले प्रष्ट पार्छ भन्नेमा पनि उनी विश्वस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij