२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सलह किरा नियन्त्रणको पूर्वतयारीमा जुट्यो धनगढी उप-महानगर

सलह किरा नियन्त्रणको पूर्वतयारीमा जुट्यो धनगढी उप-महानगर

धनगढी-कृषि विज्ञहरुले पश्चिम नेपालमा सलह किराको यात्रा हुन सक्ने पूर्व अनुमान गरेपछि धनगढी उप-महानगरपालिका व्‍यवस्थापनको पूर्व तयारीमा जुटेको छ।आइतबार उप-महानगरपालिकाले १९ वटै वडाका वडा अध्यक्ष, कृषि शाखाका कर्मचारीहरुसँग छलफल गरेको छ। उपमहानगरपालिकाले त्यसको स्थानीय स्तरमा कसरी क्षति घटाउन सकिन्छ भनेर छलफल गरेको छ।धनगढीका नगरप्रमुख नृपबहादुर वडले सलह किराको सम्भाब्य जोखिम र त्यसको ब्यबस्थापनका बारेमा छलफल गरेको बताए।

‘जोखिम घटाउनका लागि स्थानीय स्तरमा के गर्न सकिन्छ सबै उपाय अपनाउन वडा अध्यक्षहरु र कृषी प्राविधिकहरुलाई निर्देशन दिएको छु’ नगरप्रमुख वडले भने-‘क्षति घटाउनका लागि थाल ठटाउने, ड्रम बजाउने, स्पीकर बजाउन , धुँवा गराउन, आगो बाल्न लगायत सबै प्राकृतिक विधी अपनाउन किसानलाई आग्रह गरेका छौं।’

मध्य नेपालति सलह किरा पुगिसकेको पुष्टि भइसकेको बताउँदै नगर प्रमुख वडले नेपाल भित्रिएका सलहका बथान सोमबारबाट क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान मौसम विदहरुले गरेकाले तयारी आवश्यक रहेको उल्लेख गरे। ‘हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले सोमबारदेखि नै सलह किराहरु पश्चिमतिर सर्दै जाने अनुमान गरिएको समाचार आईरहेका छन्’नगरप्रमुख वडले भने- ‘त्यसैले यसको ब्यबस्थापनका बारेमा पूर्व तयारी आवश्यक छ।’

धनगढी उप-महानगरपालिकाका उप-प्रमुख सुशीला मिश्र भट्टले बैठकमा वडा अध्यक्षहरुसँग बसेर स्थानीयतहले सलहको क्षति घटाउन कसरी पूर्व तयारी गर्न सकिन्छ भनेर सुझाव लिने काम भएको बताइन्। यसको क्षति घटाउनका लागि अपनाईने उपायका बारेमा किसान सम्म सूचना पुर्‍याउनका लागि जिङ्गल बनाएर माईकिङ्ग गर्ने र वडातहबाट पनि सूचना प्रवाह गर्ने कुरा भएको उप-प्रमुख भट्टले बताइन्।

धनगढी उप-महानगरपालिका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले सलह किराले जतीबेला पनि खतराको घण्टी बजाउन सक्ने बताए । उनले भने– ‘त्यसैले छलफल सुरु गरेका हौं।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij