जनकपुरधाम– नेपालमा ‘सलह’को त्रास बढेको छ। शनिबार बिहान करिब ७ देखि ८ बजेको बीचमा ‘सलह’ किरा प्रदेश २ का तीनवटा जिल्लामा प्रवेश गरेको भूमि व्यवस्था कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले पुष्टि गरेका छन्।
सलह किरा हाल प्रदेश २ को सर्लाही, बारा र पर्सा जिल्लामा फेला परेको छ। सलह नेपालमा प्रवेश गरेसँगै किसानहरुमा त्रास छाएको छ। सलह आएको ठाउँमा सम्पूर्ण बाली नष्ट हुने भएकोले किसानहरु चिन्तित भएका छन्।
राज्यमन्त्री यादवले प्रदेशमा सलह किरा छिरिसकेपछि यसको अनुसन्धान गर्नको लागि कृषि निर्देशनालयबाट निर्देशक रतन कुमार झाको नेतृत्वमा विज्ञ टोली सर्लाहीको नवलपुरको तेलबाली अनुसन्धान केन्द्रमा पुगेको बताए।
यस किराको सम्बन्धमा थप जानकारी लिन तथा नियन्त्रणको लागि अहिले विभिन्न सातवटा देशका कृषि वैज्ञानिकसँग जुम मिटिङ्गमा छलफल भइरहेको राज्यमन्त्री यादवले बताए। सलहको कारण कृषिमा ठूलो क्षति हुनसक्ने भएकोले यसको नियन्त्रणको लागि जे जति प्राविधिक उपाय छ त्यो सबै अपनाउने मन्त्री यादवले बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij