विस्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको मुलुकमा लकडाउनलाइ खुकुलो बनाउँदा यहि आषाढ १ गतेदेखि जोरबिजोर निजी सवारीसाधन संचालनमा ल्याउनुका साथै सबै किसिमका पसलहरु लकडाउनका नियमलाई मध्यनजर राख्दै सामाजिक दुरी कायम गरी खोलिएको थियो।
तर सार्बजनिक यातायात भने संचालनमा नल्याउने भनि लक्डाउन खुकुलो बनाइ सर्वसाधारणहरुको जिविकोपार्जनलाई सहज बनाइएता पनि विभिन्न बहानामा सार्वजनिक यातायातको प्रयोग भैरहेको पाइ|एककाे छ ।
. जिल्ला प्रसाशन कार्यालय काठमाण्डौले गरेको त्यस किसिमको अनुगमनमा राजधानीका विभिन्न स्थानहरुमा सार्वजनिक बसमा दिएको पासको समेत दुरुपयोग भएको पाइएकाे छ ।
कलंकीदेखि नागढुंगासम्म गरिएको अनुगमनमा बाहिरी जिल्लाबाट काठमान्डू भित्रिने यात्रीहरुले निकै नै दुखः पाएकाे पाइएकाे छ ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठका अनुसार सकेसम्म कन्ट्रोल गर्दा पनि बाहिरबाट आउनेको क्रम रोक्न परिरहेकाे छ । यसरी भित्रिनुमा राजनीतिक पहुँचले समस्या परेकाे छ ।
नागढुंगाबाट कलंकीतर्फ फर्कने क्रममा ढुंगेअड्डामा ७८७९ ना ८ ख नम्बरको भारतीय नागरिक बोकेर बिरगंज जान लागेकाे एक पर्यटक बसमा भारतीय नागरिकमात्र नभएको र जिल्ला प्रसाशन कार्यालय काठमाडौँको पास भएतापनि भारतीय दुताबासको पत्र नभएको कारण नियन्त्रमा लिएको अनुगमन टोलीका प्रशासकीय अधिकृत खड्ग श्रेष्ठले बताउनुभयो ।
यस्तै कलंकीमा चेकजाँच गर्दा कैलाली धनागढ़िबाट धादिश्रसम्म पास भएको ना ८ ख २०६१ नम्बरको बस र अर्को पर्यटक बस सुनौली जान लाग्दा नियन्त्रणमा लिएको पनि श्रेष्ठले जानकारी दिनुभयो ।
तिन वटै बसलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्ने निर्देशन दिएको समेत श्रेष्ठले बताउनुभयो ।
अनुगमन टोलीमा संचार केन्द्र नेपालका अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका कार्यकारी सदस्य गोविन्द प्रसाद चौलागाईं, सेभ द नेशन अनलाइन टिभीका अध्यक्ष के. बि. सम्राट र संजय शाह हुनुहुन्थ्याे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij