धनगढी- सुदूरपश्चिममा एकै दिन आज मात्रै दुई सय ७२ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विर अस्पतालको प्रयोगशाला र धनगढी प्रयोगशाला मार्फत भएको परीक्षणमा २सय ७२ जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९ पुरुष सहित ८५ जना, कैलालीमा ९ महिला र ३९ पुरुष सहित ४८ जना, डोटीमा १० महिला र ३८ पुरुष गरी ४८ जना, अछामका १० पुरुष, बाजुराका सात पुरुष र बैतडीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अछामका एक महिला र १३ पुरुष गरी थप १४ जनामा विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी आजै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार लम्कीचुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार पाँच सय ४९ पुगेको छ।अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ८, डडेल्धुरामा दुई सय पाँच, बैतडीमा एक सय ६०, डोटीमा दुई सय नौँ, कञ्चनपुरमा एक सय ९४, अछामका एक सय १२, बाजुराका एक सय, बझाङमा ४४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij