काठमाडौँ । पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको सीमा नाका १ नम्बर पिलर पुगेको छ ।
सीमा सुरक्षामा खटिएको छाङरु बोर्डर आउट पोस्ट (बीओपी) को टोली गस्तीका क्रममा पहिलो पटक १ नम्बर पिलर पुगेको हो ।
यसअघि सशस्त्र प्रहरी बलको टोलीले छाङरु आउट बोर्डर आसपास मात्रै गस्ती गर्ने गरेको थियो ।
असार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल छाङ्रु पुगेर फर्किए लगत्तै सशस्त्रको टोली सीमाक्षेत्रमा गस्ती गर्दै कालापनी क्षेत्रस्थित पिलर नम्बर १ मा पुगेको हो।
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आधिकारिक नक्सा जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ ।
गत बैशाख ३१ गते दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij